चुनाव सार्ने हाम्रो माग होईन : मोर्चा

राजनीति असार ३ २०७४ .
Rjp aandolan 768x448

नवलपरासी: नवलपरासीमा संयुक्त लोकतान्त्रिक मधेशी थरुहट मोर्चा नवलपरासीले आन्दोलनलाई जारी राखेको छ । सरकारले २ नं. प्रदेशको चुनाव सारेपनि प्रदेश नं. ५ मा मोर्चाको माग अझै पुरा नगरेको मोर्चाले आरोप लगाउदै हिजो प्रेस विज्ञप्ती निकाली आन्दोलन जारी रहेको जानकारी दिएको हो ।
केन्द्रको घोषित आन्दोलनमा कार्यक्रम अन्तर्गत राजपा नवलपरासीले गत २९ गतेदेखि आज २ गतेसम्मका लागि जिल्लामा बन्द हडतालका कार्यक्रम तय गरेको थियो ।

राजपाको बन्द एवं आन्दोलनका कार्यक्रमलाई मोर्चाले समर्थन गर्दै जिल्लामा आन्दोलनको कार्यक्रमलाई मोर्चाले नै नेतृत्व गर्न थालेको छ । आज चौथो दिन पनि परासी क्षेत्रमा बन्द यथावत रहेको छ भने यहाँका जनजिवन प्रभावित बनेका छन् ।

मोर्चाका अनुसार सरकारले मधेशीको माग पुरा नगरिकनै असार १४ गते बलजफती निर्वाचन गराउन खोज्यो भने हामी त्यस्को कडा विरोध गर्ने र चुनाव भाड्न हामी बाध्य रहेने जनाएको छ ।

यतिबेला जिल्लाको परासी, बेलाटारी, गोपीगंज, महेसपुर बेलासपुर हकुई लागयतका चोकहरुमा आन्दोलनकर्ता बन्द गराउदै हिँडिरहेका छन् । ठाउँठाउँमा टायर बाल्ने, विरोध ¥याली निकाल्ने र चुनावी प्रचार प्रसार बिथोल्दै आएका छन् ।

मोर्चाले भन्छ, ‘सरकारले हामी मधेशी जनताको माग पुरा गरेन । चुनाव मात्र सारेर हाम्रो माग पुरा हुँदैन । तसर्थ सरकारले हाम्रो माग पूरा नगरे हामी चुनावमा भाग लिदैनांै ।’

उता  राजपाले आह्वान गरेको मधेस बन्दको चौथो दिन शुक्रबार सिराहामा प्रहरी सवार बसमा तोडफोड भएको छ ।

राजपा कार्यकर्ताले सिराहाको गोलबजारमा प्रहरीले प्रयोग गरेको बसमा तोडफोड गरेका हुन् । ‘प्रहरी’ लेखिएको ब्यानर देख्दादेख्दै अराजक कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए । आन्दोलनकारीप्रति प्रहरी संयम बन्दा उनीहरु अराजक बनिरहेको स्थानीयले बताएका छन् । बन्दकर्ताले रिक्सा चालकमाथि समेत दुर्व्यवहार गरेका छन् भने अत्यावश्य औषधि पसल पनि खुल्न दिएका छैनन् ।

विराटनगरमा निर्वाचन कार्यालयमा तालाबन्दी गर्न गएका १५ जना राजपा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

राजपा कार्यकर्ताले महोत्तरीमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको कार्यालयमा तोडफोड गरेका छन् । राजपा केन्द्रीय सदस्य उपेन्द्र महतोले प्रहरीको गाडी तोडफोड र कांग्रेसको झण्डा जलाइएको पुष्टि गर्दै ती अराजक घटनाका फोटो समेत कार्यकर्ताको वीरताका रुपमा फेसबुकमा पोष्ट गरेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top