प्रदेश विभाजनको नारा लगाउनेहरु यो चुनावमा बढारिन्छनः बस्नेत

राजनीति असार ८ २०७४ .
Mahesh

एमाले अगुवा कार्यकर्ता भेला

बुटवल युवा संघ नेपाल निर्वाचन क्षेत्रीय कमिटि क्षेत्र नम्बर रुपन्देहीको आयोजना अगुवा युवा भेला कार्यक्रम सम्पन्न गरेको कार्यक्रममा बोल्दै युवा संघ नेपालका केन्द्रीय पुर्व अध्यक्ष महेश बस्नेतले निर्वाचनमा युवाहरुको भुमिका महत्वूर्ण हुने भन्दै युवाहरुको सहभागीता विना निर्वाचन सफल नहुने यसको लागि जहिले पनि युवाहरु सर्तक रुपमा बस्नुपर्ने धारणा राखे

यस्तै उनले हिजो प्रदेश विभाजनको नारा लगाउदै हिड्ने माओवादी तथा काग्रेसीहरु अहिले भोट माग्दै हिडेको भन्दै यसको जवाफ आगामी चुनावमा जनताले दिनुपर्ने धारणा राखे उनले भने–‘चुनावको बेला मात्रै चिल्ला कुरा गर्ने, अनि अन्य समयमा प्रदेश विभाजनको लागि संविधान संसोधन गर्न दबाब दिने जुन सुकै दललाई अव, यस प्रदेशका जनातले चिनेतका छन्, त्यसको हिसाव किताव यो चुनावबाट हुन्छ

युवा संघ नेपाल निर्वाचन क्षेत्रीय कमिटि क्षेत्र नम्बर का अध्यक्ष केवर रोकाको अध्यक्षतामा भएको भेलामा युवा संघ नेपालका केन्द्रीय महासचिव किरण पौडेल, केन्द्रीय सदस्य देवराज पोखरेल, धुब्र आचार्य, सुजु मल्ल लगाययतले भेलालाई सम्बोधन गरेका थिए कार्यक्रमको सञ्चालन सचिव दिनानाथ भट्राईले गरेका थिए भने उप सचिव प्रवेश विकको स्वागत मन्तव्य रहेको थियो

प्राप्त प्रतिकृयाहरू

To Top