गुल्मीको मालिकामा एमाले चाहना, गरिवको घरमा टिनको छाना

राजनीति असार ८ २०७४ .
Malika final

गुल्मी असार ८ ।मतदानको दिनगन्ती शुरु भएसँगै गुल्मीको मालिका गाउँपालिकामा एमालेले उम्मेदवारसहितको घरदैलो कार्यक्रमलाई तीव्र वनाएको छ ।
एमालेले यहाँ इमान्दार तथा कुशल राजनीतिज्ञ रितबहादुर थापालाई अध्यक्षको उम्मेदवार वनाएको छ भने देवा अर्याललाई उपाध्यक्षको उम्मेदवार वनाएको छ ।
घरदैलोसंगै उम्मेदवारहरुले आफ्ना योजना पनि सार्वजनिक गर्नुभएको छ । एक घर एक पानीको धारो, गरिवको घरमा टिनको छानाजस्ता आकर्षक कार्यक्रम उहाँहरुको योजनामा छन् ।
सुविधा सम्पन्न सभाहलसहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गरिने उहाँहरुको योजनामा छ । आवश्यकताअनुसार टोल–टोलमा मोटरबाटो र घर–घरमा घोडेटो पु¥याउने लक्ष्य उहाँहरुको छ । मोटरबाटोमा आवश्यक स्थानमा कल्भर्ट र नालीकोे व्यवस्था गरिने एमाले उम्मेदवारहरुको योजनामा छ ।
सबैलाई माध्यमिक (१२ कक्षा) तहसम्म गुणस्तरीय शिक्षा सुनिश्चित गर्नका लागि गाउँपालिकाले तुरुन्तै योजना वनाउने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
प्रत्येक वडाको विवरण तयार गरी विद्यालय बाहिर रहेका बालबालिका खोजी गरी विद्यालयमा भर्नाको व्यवस्था मिलाइने वताइएको छ ।

गाउँपालिकाको शिक्षाको गुणस्तरीयताका लागि सबै विद्यालयमा अंगे्रजी माध्यममा पठनपाठन आरम्भ गरिने छ भने प्रत्येक विद्यालयमा ईमेल, ईन्टरनेटसहित प्रभावकारी कम्प्युटर शिक्षाको व्यवस्था गर्नका लागि गाउँपालिकाले खास योजना वनाउने एमाले उम्मेदवारहरुले वताउनु भएको छ ।
आधारभूत तहको बालशिक्षाका लागि तालिम प्राप्त योग्य जनशक्तिको व्यवस्था गर्ने काम आफुहरु विजयी भएपछि तुरुन्तै सुरु गर्ने योजना रहेको एमाले उम्मेदवारहरुले वताउनुभयो ।
विपन्न, दलित, जेहेन्दार विद्यार्थी छात्रवृत्तिको व्यवस्था मिलाउँदै उत्कृष्ट शिक्षक सम्मान कार्यक्रम सञ्चालनमा ल्याउने उहाँहरुको प्रतिवद्धता छ ।
एमाले उम्मेदवारद्वय थापा र अर्यालले गाउँपालिकामा स्वास्थ्य सेवाको राम्रो व्यवस्थाका लागि पनि कार्यक्रम ल्याउने वताउनुहुन्छ । गाउँपालिकामा गुणस्तरीय वर्थिङ्ग सेवाको विकास गर्ने तथा फिस्टुला, आङखस्ने, सेतोपानी बग्ने जस्ता जटिल महिला स्वास्थ्य समस्या निराकरण गर्न महिला विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने योजना उहाँहरुको छ ।
गाउँपालिकामा रहेका विद्यालयका अध्ययन गर्ने प्रत्येक विद्यार्थीको चौमासिक रुपमा निःशुल्क स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य शिविरको व्यवस्था गरिने छ ।
स्वास्थ्य स्वयंसेविकाले सरकारबाट पाउँदै आएको सेवा सुविधामा गाउँपालिकाको तर्फबाट थप गर्न आवश्यक पहल गरिने पनि एमालेका उम्मेदवारहरुको प्रतिवद्धतामा उल्लेख छ ।
कृषिको आधुनिकीकरण,विपन्नताका कारण हालसम्म पनि खरको छानामुनी बस्न बाध्य जनताका लागि साझेदारीमा सुरक्षित आवास निर्माणका लागि गाउँपालिकाको तर्फबाट अनुदान उपलब्ध गराई खरका छाना विस्थापित गर्ने उहाँहरुको योजना छ । सबैलाई चाहिन्छ पानी, मिलेरै हो खानी भन्ने नारालाई व्यवहारमा उतार्न पानीको सदुपयोग गर्ने व्यवस्था मिलाउने एमालेको योजना छ । युवाका लागि खानेपानी प्लम्बर तालिमको व्यवस्था गरिने वताईएको छ ।
सामाजिक सुरक्षा भत्ता, एकल महिला भत्ता, वृद्ध भत्ता, अपाङ्ग भत्ता तथा असहाय भत्ता घर–घरमा वितरण गर्ने व्यवस्था एमालेको योजना छ । उत्पीडित, दलित समुदायले अपनाउँदै आएको परम्परागत पेसा डोको–डालो, आरन, सिलाइकटाई आदिको आधुनिकीकरण गरी आयमुलक बनाइने योजना पनि अगाडि सारिएको छ । वनको क्षेत्रफल बढाउन खाली जमिनमा वृक्षरोपण कार्यलाई अगाडि बढाइने छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top