भरतपुर प्रकरणमा आज बहस हुदै

राजनीति असार २३ २०७४ .
High court

काठमाडौं असार २३– भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि सर्वोच्च अदालतमा परेको मुद्दाको बहस आज हुदैछ । अदालतले यसअघि जेठ २२ गते अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त अन्तरकालीन आदेशले आजको बहसमा पनि निरन्तरता पाए पुनः मतदान गर्ने आयोगको निर्णय रोकिनेछ भने अन्तरकालीन आदेश बदर भएमा वडानम्बर १९ मा पुनः मतदान गनुपर्ने फैसला हुनेछ । सो मुद्दाको आज १ नम्बरमा पेसी राखिएको छ । न्यायाधीश मिरा र खड्का अनिलकुमार सिन्हाले बहस गर्दैछन् ।  


बैशाख ३१ गते भएको स्थानीय निर्वाचन अन्र्तगत भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा ९० वटा मतपत्र च्यातिएपछि पुनः मतदान गर्ने या मतणना गर्ने भन्ने विषयमा विवाद बढेसँगै सो वडाका वडासदस्यका  उम्मेदवार गुन्जमान विकलगायतले मुद्दा दायर गरेका थिए । मुद्दामा यसअघि अदालतले वडा नं. १९ मा च्यातिएका ९० थान मतपत्र सर्वोच्च अदालत मगाएको थियो । आजको बहसमा च्यातिएका मतपत्रको पोको समेत खोनिले बताइएको छ । मतगणनाक क्रममा भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार १३ गते सर्वोच्चमा पेस गरेको थियो ।


मतपत्रसँगै जिल्ला अदालत चितवनमा मतपत्र च्यात्नेविरुद्ध अदालतमा चलाइएको मुद्दाको मिसिल पनि सर्वोच्चको इजलासमा आजै पेस हुनेछ ।


भरतपुर महानगरमा जेठ १४ गते राति मतगणना जारी रहेका बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित छ । भरतपुरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ । मतपत्र च्यातिएको वडा १९ को मतगणना पनि अन्तिम चरणमा थियो । मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो तर पुनः मतदानको निर्णयविरुद्ध एमालेले विरोध गर्दै आएको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top