दल दर्ताका लागि राजपाले दियो आवेदन

राजनीति असार २३ २०७४ .
Rajapa flage

काठमाडौं असार २३– राष्ट्रिय जनता पार्टी नेपाल दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । पार्टीको विधानमै गजेन्द्रनारायण सिंहको नाम राख्ने अडानबाट राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झा पछाडि हटेपछि दल दर्ता गराउने सहमति भएको हो ।

असार २१ गते नै पार्टी दर्ता गर्ने तयारी भए पनि पार्टी विधानको प्रस्तावनामा नै नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंह तथा बाबा रामजनम तिवारीको नाम राख्नुपर्ने अडान नेता झाले राखेपछि पार्टी दर्ताको प्रक्रिया अवरुद्ध भएको थियो ।

गजेन्द्रनारायण सिंहलगायत मधेशका लागि योगदान दिने व्यक्तिहरुको नाम पार्टीको घोषणापत्रमा राख्ने सहमति बनेपछि नेताहरु पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।

प्राप्त प्रतिकृयाहरू

To Top