देउवा सरकारमा छिर्ने मन्त्रीको टुंगो, मन्त्रालय बाँकी

राजनीति असार ३० २०७४ नागरिक दैनिक
Pm office.jpg

काठमाडौं ,असार ३०। सत्तारुढ दल माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने मन्त्रीको नामावली टुंग्याएको छ ।

कांग्रेससंग मन्त्रालयमा भागबन्डा हुनेबित्तिकै महेन्द्रबहादुर शाहीलाई उर्जा मन्त्रालय दिने भनिए पनि अन्य नेताको मन्त्रालय भने टुंग्याउन सकिएको छैन ।

 ‘पार्टीले लगभग नाम टुंग्याएको भए पनि मन्त्रालय टुंगिन नसकेकाले जिम्मेवारी तोक्न सकिएको छैन’ नेता हरिबोल गजुरेलले भने – मन्त्रालय टुंगिन वित्तिकै जिम्मेवारी तोकिन्छ ।

उनका अनुसार पार्टीले प्रत्यक्ष निर्वाचित भएकालाई प्राथमिकता दिएर देउवा मन्त्रिमण्डलमा पठाउने निर्णय लिएको छ ।

मन्त्री र मन्त्रालय टुंग्याउने जिम्मा माओवादीले अध्यक्ष प्रचण्डलार्इ दिएको छ । सोअनुसार गिरिराजमणि पोखरेल, प्रमुख सचेतक टेकबहादुर बस्नेत, सन्तबहादुर चौधरी, शिवकुमार मण्डल, अशोक जयसवाललगायत नामहरू प्राथमिकतामा परेका छन् । (नागरिक दैनिक)

 

प्राप्त प्रतिकृयाहरू

To Top