एमालेले निर्वाचित जनप्रतिनिधीलाई प्रशिक्षण दिने

राजनीति साउन ३ २०७४ .
Uml office

काठमाडौं साउन ३– नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीलाई प्रदेशस्तरीय अभिमुखिकरण तालिम दिने भएको छ । मंगलबार महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले यसअघिको स्थयी समिति बैठकको निर्णयअनुसार पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि प्रदेशस्तरीय दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको तय गरेको हो ।

जसअनुसार प्रदेश नम्बर १ मा साउन २१ र २२, प्रदेश नम्बर ३ मा साउन २७ र २८, प्रदेश नम्बर ४ मा साउन २७ र २८ मा मिति तय गरेको एमालेले जनाएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भटराईका अुनसार प्रदेश नम्बर ५ मा साउन १० र ११ गते, प्रदेश नम्बर ६ मा साउन २९ र ३० गते र प्रदेश नम्बर ७ मा साउन ७ र ८ गते अभियमूखीकण कार्यक्रम आयोजना गरिनेछ ।

उक्त कार्यक्रमहरूको व्यवस्थापन प्रदेश संगठन कमिटीहरूले गर्नेछन् । अभिमूखीकरण कार्यक्रममा

नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू,गाउपालिकका अध्यक्ष तथा उपाध्यक्षहरू, नगरपालिका र गाउपालिकाका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षमध्ये कुनै एक मात्रमा विजय भएको तहबाट थप एकजना निर्वाचित बरिष्ठतम वडाध्यक्ष रहने छन् ।

त्यस्तै प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष नभएका तहबाट दुईजना बरिष्ठतम वडाध्यक्षहरू, पार्टीका जिल्ला कमिटीका अध्यक्ष, स्थानीय निकाय विभाग प्रमुखहरू र प्रदेशका संगठन कमिटीका स्थानीय निकाय विभाग प्रमुखहरू,पार्टीका जिल्ला इन्चार्जहरू र सम्बन्धित प्रदेश अन्तर्गतका व्यवस्थापिका–संसद्का सदस्यहरू सहभागि हुनेछन् । अभिमूखीकरण कार्यक्रममा स्थानीय तहको वित्त व्यवस्थापन, विकास निर्माण, स्रोत परिचालन, कानुनी प्रबन्धलगायत राजनीतिक दायित्वहरूका बारेमा विषय विज्ञसहित पार्टी नेताहरूले प्रशिक्षण दिने एमालेले जनाएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top