त्रिपाठीको मागप्रति राजपा नेपालका अध्यक्ष मण्डल गम्भीर

राजनीति साउन ५ २०७४ .
Ra ja pa nepal

काठमाडौ साउन ५–राष्ट्रिय जनता पार्टी नेपालका सहअध्यक्ष ह्रदयश त्रिपाठीले माग गरेको केन्द्रीय समितिको बैठक बारे सो दलका अध्यक्ष मण्डलका सदस्यहरुबीच छलफल भएको छ ।

राजपा नेपालका अध्यक्ष मण्डलले पार्टीमा जथाभावी गरेको, पार्टी दर्ता गराउँदा दलभित्रका अन्य नेताहरुसँग सल्लाह नगरेको, विधान त्रुटीपूर्ण रहेको जस्ता आरोप ह्रदयश त्रिपाठीले लगाएका छन् ।
यिनै त्रुटीहरु सच्याउनका लागि उनले साउन १५ गतेभित्र केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका थिए । नारायणीदेखि पश्चिमका राजपा नेपालका असन्तुष्ट नेताहरुको साउन १ गते रुपन्देहीको भैरहवामा बैठक बसेको थियो ।
सोही विषयहरुमा छलफल गर्नका लागि आज अध्यक्ष मण्डलका बैठक बसेको थियो । त्रिपाठीले राखेको विषयमा अध्यक्ष मण्डलहरुले समान्य छलफल गरेका छन् । विधानलगायतका विषयमा कहाँ त्रुटी छ त्यसको विषयमा केन्द्रीय समितिको बैठकमा नै छलफल हुने राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले जानकारी गराए ।
राजपा नेपालका असन्तुष्ट पक्षले पार्टीमा जथाभावी पदाधिकारी चयन गरेको र चाहिँदो नचाहिँदो व्यक्तिहरुलाई राखेर कार्यसमिति जम्बो बनाएको आरोप लगाएको छ । सहअध्यक्ष त्रिपाठीले अध्यक्ष मण्डलमा रहेका सदस्यप्रति असन्तुष्टि जनाउँदै आएका छन् उनले राजपा नेपालमा आफूलाई पनि सम्मानजनक व्यवस्थाप गर्न माग गरेका छन् ।

केन्द्रीय समितिको बैठक कहिले बस्ने कुरा भोली बस्ने अध्यक्ष मण्डलको बैठकले तय गर्ने बताइएको छ । आजको बैठकमा पार्टीको अन्तरिक विषयमा मात्र छलफल भयो, समय अभावका कारण राजनीतिक विषयमा कुनै छलफल नभएको बैठक स्रोतले बताएको छ । भोली पुनः बस्ने बैठकबाट केही राजनीतिक विषयमा निर्णय लिने बताइएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top