वर्तमान सरकारको विकासको कुरा बुझ्दैन:केपी ओली

राजनीति साउन ५ २०७४ .
Kpoli 24 1469377359

काठमाडौं साउन ५–एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले  विकासको मामिलालाई बुझ्नै नसकेको टिप्पणी गरेका छन् ।
बिहिबार राजधानीमा जिफन्टको सातौं राष्टिय महाधिवेशनको प्रतिनिधि परिषद्को सभा उद्घाटन समारोहमा बोल्दै उनले   सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको टिप्पणी गरे ।

‘यो  सरकारलाई विकास भन्ने कुरा केहि थाहा छैन ’, उनले भने, ‘ मेरो अगाडी चाइनिज भाषा बोले मेले बुझ्दिन । त्यसैगरी सरकारको विकासको कुरा बुझ्दैन ।’ उनले वर्तमान सरकार लाभ प्राप्त हुँदा जे पनि गर्ने खालको भएको भन्दै   सार्वभौमिकता, भौगोलिक अखण्डताको जस्ता सवालमा गम्भीर बन्न नसकेको आरोप लगाए ।  उनले आफूले भनेका कतिपय  राम्रा कुराहरु अनलाइनहरुले उखान टुक्काको रुपमा बुझेको भन्दै कटाक्ष समेत गर्न भ्याए ।

प्राप्त प्रतिकृयाहरू

To Top