राष्ट्रियतासँग कांग्रेसको नाता टुट्नु दुर्भाग्यपूर्ण– संविधानविद्

राजनीति साउन ७ २०७४ .
Xcongress p20bp.jpg.pagespeed.ic.e6rhivvudo

काठमाडौं, साउन  ७– कांग्रेसका युवा तथा बौद्धिक नेताहरुले पार्टीले राष्ट्रियतासँग नाता टुटाएको वताउनु भएको छ । पार्टीका संस्थापक बीपी कोइरालाको ३५ औं स्मृति दिवसका अवसरमा ‘राजनेता बीपी कोइराला र वर्तमान नेपाली राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा विचार राख्दै कांग्रेस युवा नेता लोकेश ढकालले बीपीको विचार भुलेर कांग्रेस विदेशी शक्तिको अस्त्रका रुपमा उभिन पुगेको वताउनु भयो ।

बीपी विचार राष्ट्रिय समाजले कोइरालाको ३५ औं स्मृति दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । ‘बीपी कोइरालाको विचारलाई कांग्रेसले अंगाल्न सकेन, राष्ट्रियतासँग कांग्रेसको नाता टुट्दै गयो’ ढकालले भन्नुभयो, ‘त्यसैले कांग्रेस कमजोर अवस्थामा पुग्यो ।’

कार्यक्रममा संविधानविद डा बिपिन अधिकारीले कांग्रेस विदेशी शक्तिको अस्त्रका रुपमा प्रयोग हुनु दुर्भाग्यपूर्ण रहेको वताउनु भयो । ‘कांग्रेस विदेशीको अस्त्रका रुपमा प्रयोग हुनु दुर्भाग्यपूर्ण छ’ अधिकारीले भन्नुभयो, ‘पार्टी मुल्यमान्यताले बन्ने हो तर, कांग्रेसले आफ्नो मुल्यमान्यता बिर्संदै गयो ।’

कार्यक्रममा अर्का संविधानविद भीमार्जुन आचार्यले कांग्रेसले तीनवटा गल्ती गरेको वताउनु भयो । ‘बीपीको विचारलाई छोड्नु, बाह्य प्रभावमा पर्नु र आफ्नो सामथ्र्य बुझ्न नसक्नु कांग्रेसका तीन गल्ती हुन्’ आचार्यले भन्नुभयो । कार्यक्रममा पूर्वराष्ट्रपति डा रामवरण यादव प्रमुख अतिथि हुनुहुन्थ्यो ।
 

 

प्राप्त प्रतिकृयाहरू

To Top