मन्त्रिपरिषद् विस्तार सोमवार : प्रचण्ड

राजनीति साउन ८ २०७४ रासस
Prachanda pushpa dahal 7591

काठमाडौं साउन ८ -सत्तारुढ दल माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डले भोलि मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । पार्टीको केन्द्रीय सचिवालयको विस्तारित वैठकका निर्णय सार्वजनिक गर्न पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले अव मन्त्रिपरिषद् विस्तारमा ढिलाई नहुने बताए । प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाईप्रति आज विहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर गुनासो गरेको पनि बताए ।

 

प्राप्त प्रतिकृयाहरू

To Top