भारतीय सेनाको वास्तविकताः सुरक्षाको साधन छैन तर भन्छ, ‘स्थिती त्यति कमजोर छैन जति बताइएको छ’

विश्व साउन ८ २०७४ बीबीसी
India bomb

साउन ८,

भारत र चीनबिच सिक्किम नजिकैको डोकलाम क्षेत्रमा तनाव जारी छ ।

हिन्दी पत्रिका दैनिक भास्करको एक खबर अनुसार भारतीय संसदमा पेश भएको नियन्त्रक एवं महालेखा परिक्षक (क्याग) को एक रिपोर्टले बताए अनुसार यदि युद्ध सुरु भए भारतीय सेनाद्वारा प्रयोग गरिने गोली–बारुदमध्येको ४० प्रतिशत १० दिनमै समाप्त हुन्छ ।

भारतीय मिडियामा आइरहेको रिपोर्ट अनुसार भारतीय सेना आजकाल गोली बारुदको भारी कमीसँग जुधिरहेको छ ।

बीबीसी संवाददाता हरिता कांडपालले यिनै प्रश्नमाथि भारतका रक्षा विशेषज्ञ मारुफ रजासँग कुराकानी गरेका छन् ।

मारुफ रजाको दृष्टिकोणः

अर्डनेन्स फ्याक्ट्री बोर्डको विषयमा यस्तो प्रकारको रिपोर्ट पहिले पनि सार्वजनिक नभएका होइनन् । अहिले जब भारत र चीनबिच तनावको स्थिती छ, यस्तोमा यो रिपोर्ट दोस्रोपटक सार्वजनिक भएको हो ।

यो रिपोर्ट अनुसार भारतीय सेनालाई थप गोली बारुदको आवश्यकता छ । यसबारे करिब ४० वर्ष पहिले वार वेस्टेज रिजर्वको हिसाबले एउटा टेबल पनि बनाइएको थियो ।

त्यो जमानामा जब युद्ध हुन्थ्यो तब महिनाभरी वा डेढ महिनासम्म युद्ध जारी रहने अन्दाज गरिन्थ्यो ।

र यस्तो अनुमान गरिन्थ्यो कि नतिजा ननिस्कँदा संसारभरीका अन्य देश युद्ध गरिरहेको देशलाई युद्ध विराम घोषित गर्न दबाब दिनेछन् ।

तर अहिलेको स्थिती निकै भिन्न छ । आज यदि युद्ध सुरु भइहाल्यो भने पनि सातदेखि १० दिनभित्रै संसारभरीका देशले युद्धविराबका लागि दबाब दिनेछन् ।

हतियारको ओसारपसारः

किनभने पाकिस्तान र चीनसँग भारतको युद्ध हुने सम्भावना छ, संसारभरीका शक्तिशाली देश यसबारे निकै चिन्तित हुनेछन् र यस्तो प्रकारको युद्ध बन्द गर्ने कोसिस गर्नेछन् ।

भारत, पाकिस्तान र चीनसँग परमाणु हतियार छन् त्यसकारण लडाईं सुरु हुने स्थितीमा परमाणु हतियारको प्रयोगबाट चिन्तित देशहरुले धेरै दिनसम्म संघर्ष चल्न दिँदैनन् ।

क्यागको वेबसाइटमा रहेको आर्मी एण्ड अर्डनेन्स फ्याक्ट्रिज रिपोर्ट अनुसार अडिटपछि सन् २०१३ को मार्चदेखि अहिलेसम्म अर्डनेन्स फ्याक्ट्री बोर्डको तर्फबाट हातहतियारको  ओसारपसार र हतियारको भारी कमीको स्थितीमा कुनै विशेष सुधार आएको छैन ।

यसमा यो पनि भनिएको छ कि सन् २००९–२०१३ को क्रममा सेनाको मुख्यालयको तर्फबाट ओएफबीका साथै जुन खरिद र प्रबन्ध गर्नुपर्ने थियो त्यो जनवरी सन् २०१७ सम्म पेन्डिङ छ ।

भारत ठूलो खरिदकर्ताः

रक्षाको क्षेत्रमा काम गर्ने सरकारी कम्पनीमाथि भारतको चर्चा पुरानो छ ।

यसमा मिडियाका साथै निवर्तमान र अवकाशप्राप्त सेनाअधिकारीले रक्षा मन्त्रालयको छत्रछायामा चल्ने यी कम्पनीको प्रदर्शन भारत सुहाउँदो दर्जाको नभएको भन्दै यसमाथि प्रश्न गर्दै आएका छन् ।

त्यसकारण यसले राम्रो प्रदर्शनको आशा गर्नैपर्छ । तर म यहाँ पनि यो भन्न चाहन्छु कि जहाँ जहाँ–जहाँ भारतमाथि खरिदमा रोक लगाइएको छ जस्तै मिसाइल प्रविधि र परमाणु प्रविधि, यस्तोमा भारतीय वैज्ञानिक र इन्जिनियरले थुप्रै उपलब्धि हाँसिल गरेका छन् ।

किनभने संसारका अन्य देशले यी प्रविधिलाई भारतमा बेच्न चाहँदैनन् । विशेषगरी, बेलायत, अमेरिका, रसिया र फ्रान्सजस्ता देशले भारतले उनीहरुको हतियार खरिद गरिरहोस् भन्ने चाहन्छन् किनभने भारत हतियारको सबैभन्दा ठूलो खरिदकर्ता हो ।

सेनाको आवश्यकताः

भारतीय तन्त्रमा सरकार, वैज्ञानिक र सेनाधिकारी हतियार खरिद गर्न राजीखुसी छन् । त्यसकारण रक्षा क्षेत्रको सरकारी कम्पनीमाथि दबाब बनाउँदैनन् वा उनीहरुलाई यसबारे शोध गरेर राम्रो बनाउने प्रविधि विकासका लागि पर्याप्त कोष उपलब्ध गराउँदैनन् ।

यी कम्पनीले जति पनि कोष पाउँछन्, त्यसैले विभिन्न प्रकारको काम गर्ने कोसिस गर्छन् ।

यसको एक उदाहरण हो लाइट कम्ब्याट एयरक्राफ्ट । भारतले जति पैसा खर्च गरेर यसलाई बनाएर संसारसामू पेश गरेको छ, त्यति खर्चमा संसारका अन्य देशमा त्यसको ढाँचा पनि बन्न सक्दैन ।

क्यागको रिपोर्ट अनसार सन् २००८ देखि १७ को बिच सेनाको माग र हतियारको पूर्तीमा भारी अन्तर रहेको छ ।

नियन्त्रण रेखाः

पाकिस्तानसँग नियन्त्रण रेखा र चीनसँग सिक्किम नजिकै सीमामा लगातारको तनावको स्थिती बनिरहेका बेला चीनले भारतलाई धम्की दिँदै आएको छ । यस्तोमा हातहतियारको कमी सेनाका लागि चिन्ताको कुरा हो त ?

वास्तविकता त यो हो कि अहिले भारतीय सेनासँग सुरक्षाका लागि साधन नै छैन ।

सेनालाई विभिन्न प्रकारका हतियार चाहिन्छ । सेना लामो समयको योजना बनाउँछ जसलाई लंग टर्म इन्टिग्रेटेड पस्र्पेक्टिभ प्लानिङ भनिन्छ ।

यस अनुसार सेनाका तीन शाखा अबको पाँच/१०/१५/२० वर्षमा आफ्नो आवश्यकताको नक्सा तयार गर्दछ । यदि सेनाले योजना बनाएनन् भने समयमा ती सामान तयार हुँदैनन् ।

भारतको स्थितीः

युद्धमा तीन–चार किसिमका हातहतियार धेरै प्रयोगमा आउँछन् तर यदि युद्ध सुरु भए पनि १० दिन पछि वार वेस्टेज रिजर्भको आवश्यकता पर्छ ।

यो हिसाबले भारतीय सेनाको स्थिती त्यति पनि कमजोर छैन जति बताइएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top