भारतले सार्कलाई कमजोर बनाएको पाकिस्तानी प्रधानमन्त्रीको आरोप

विश्व साउन १२ २०७४ एजेन्सी
Prabaj musaraf

काठमाडौं, साउन  १२– पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले भारतले द्विपक्षीय मुद्दाको छायाँमा दक्षिण एसियाली सहयोग संगठन (सार्क) लाई असफल पार्ने प्रयास गरेको बताउनुभएको छ  ।

मालदिभ्सको राजधानी मालेमा समकक्षी अब्दुल्ला यमिन अब्दुल गैयुमसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री सरिफले भारतीय भूमिकाकै कारण सार्क कमजोर भएको बताउनुभएको हो ।

क्षेत्रीय संगठनहरुको भावनाको अवमुल्यन गरेको भारतले आफ्नो निहित सामरिक स्वार्थका लागि सार्कलाई पनि कमजोर बनाएको उहाँको विश्लेषण थियो । मालदिभ्सको स्वतन्त्रता दिवसको समारोहको प्रमुख आतिथ्यता ग्रहण गर्न प्रधानमन्त्री सरिफ माले पुग्नुभएको हो । मालदिभ्सको ५२ औं स्वतन्त्रता दिवस बुधबार मनाइयो ।

‘गत बर्ष इस्लामाबादमा आयोजना गरिएको सार्क सम्मेलनलाई स्थगित गराएर भारतले सार्कलाई हानी पुर्यायो’ उहाँले भन्नुभयो, ‘सार्कको मंचलाई भारतले अवरोध गरेको यो पहिलो पटक भने होइन, भारतले चारपटक यस्तो गरेको छ ।’

पाकिस्तानी समाचार एजेन्सी एपीपीले प्रधानमन्त्री सरिफलाई उद्धृत गर्दै बहुपक्षीय फोरमलाई द्विपक्षीय विवादको बिषय जस्तो बनाएर भारतले योजनाबद्ध रुपमा औचित्य समाप्त गर्न खोजेको बताउनुभएको उल्लेख गरेको छ । ‘इस्लामाबादको शिखर सम्मेलनका सन्दर्भमा राष्ट्रपति यमिनको सहयोगप्रति हामी आभारी छौं’ उहाँले भन्नुभयो ।  

भारतीय प्रवृतिको बिरोध गर्दै दुबै सरकार प्रमुख सार्कलाई ‘गतिशील संगठन’ बनाउन सहमत भएका छन् । गत बर्ष इस्लामाबादमा तय भएको सार्क शिखर सम्मेलन भारतको नेतृत्वका अफगानिस्तान, भुटान र बंगलादेशले सहभागि नहुने निर्णय गरेपछि स्थगित भएको थियो ।
पाकिस्तानी सिमाबाट भारतीय सैनिक क्याम्पमा भएको आक्रमणलाई लिएर भारतले आंतकबादलाई प्रायोजन गरेको आरोप लगाउँदै सम्मेलनमा सहभागि हुन नसक्ने जनाएको थियो ।   
 

 

 

प्राप्त प्रतिकृयाहरू

To Top