यमनमा भएका छुट्टाछुट्टै भिडन्तमा २७ सैनिक र १६ विद्रोहीको मृत्यु

विश्व साउन १५ २०७४ एजेन्सी
Yemen 3rax3edtgl

यमन । यमनी सेना र यहाँ रहेका सशस्त्र विद्रोहीका बीचमा गत बिहीबार र आइतबार बिहान भएका भिडन्तमा परी सैनिक र विद्रोहीगरी ४३ जनाको मृत्यु भएको समाचार छ ।

इरानसँग नजिक पर्ने मोखाको रेड सि बन्दरगाह नगरमा भएको भिडन्तमा उनीहरु मारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी अर्काे एक समाचारअनुसार मोखाको पूर्बी भागमा गएराति रातभर भएको भिडन्तमा परी १६ जना हुथी विद्रोही र सात जना सैनिक मारिएका छन् ।

त्यसैगरी मोखादेखि झण्डै ४० किलोमिटर पूर्वतर्फ पर्ने ताइज प्रान्तमा विद्रोहीले बिहीबार गरेको आक्रमणमा २० जना यमनी सैनिक मारिएका छन्् ।

सिया हुथीहरुले मोखामा विस्फोटक पदार्थसहितको डुङ्गाबाट पनि आक्रमण गरेकोमा कुनै मानवीय क्षती भएको खवर नरहेको अधिकारीले बताएका छन् ।

साउदी नेतृत्वको गठबन्धनले पनि साउदी अरबको मक्का नजिकै हुथीहरुले बिहीबार क्षेप्यास्त्र प्रक्षेपण गरेको जनाएको छ । मक्का अर्को महिना मुस्लीम समुदायको वार्षिक धार्मिक कार्यक्रम हुने ठाउँ हो ।

अरब गठबन्धनको समर्थनमा यमनका राष्ट्रपति अबेद्राब्बो मन्सुर हादीले हुथी विद्रोहीलाई नियन्त्रण गर्न युद्ध गर्नुभएको छ ।

द्वन्द्वका कारण यहाँ अहिलेसम्म आठ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका बताइएको छ ।

झाडापखालाको प्रकोपका कारण पनि एक हजार आठ सयभन्दा बढी प्रभावित भएका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

To Top