मन्त्रिपरिषद निर्णय : ११ जना डिआईजी एआईजीमा बढुवा

राजनीति साउन १९ २०७४ .
Pm office

काठमाडौं, साउन १९– आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीका ११ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।


एआईजीमा बढुवा हुने प्रहरी अधिकृतहरुमा जयबहादुर चन्द, देबेन्द्र सुवेदी, बमबहादुर भण्डारी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन् ।


मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिले गरेको सफारिस अनुसार डीआईजीहरुलाई एआईजीमा बढुवा गरेको हो । बढुवा सिफरिस समितिले गत असार ३१ गते उनीहरुको बढुवाका लागि सिफारिस गरेको थियो । यसअघि बढुवा सिफारिसविरुद्ध परेको उजुरी पुनरावलोकन समितिले खारेज गरेपछि सरकारलाई बढुवा गर्न बाटो खुलेको थियो ।


आजकै मन्त्रिपरिषद बैठकले अर्थशास्त्री डा स्वर्णिम वाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top