धर्तीलाई एलियनबाट बचाउनका लागि नासामा जागिर खुल्योः तलब लगभग २ करोड

विश्व साउन १९ २०७४ एजेन्सी
Aliens mqnsr8zznm

साउन १९,

तपाईंले कहिले आफूलाई धर्ती बचाउने हिरोको रुपमा हेर्नुभएको छ वा महसुस गर्नुभएको छ, यदि त्यस्तो छैन भने नासाले तपाईंका लागि ‘हिरो’ बन्ने अवसर लिएर आएको छ । आजकाल नासा अर्को ग्रहमा जीवनको खोजीमा नभई यस्ता व्यक्तिको खोजीमा छ जसले धर्तीलाई एलियनबाट सुरक्षा दिन सकोस् र यसका लागि तलब हुनेछ एक करोड बढी ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ‘प्लानेटरी प्रोटेक्शन अफिसर’ का लागि जागिरको आवेदन खुलाएको छ जो धर्ती र यहाँका निवासीलाई एलियन आक्रमणबाट सुरक्षा दिन सकोस् । यो कामका लागि नासाले प्रति वर्ष १ लाख २४ हजार ४ सय ६ डलर (१ करोड २६ लाख रुपैयाँ) देखि १ लाख ८७ हजार डलर (१ करोड ९० लाख रुपैयाँ) तलब दिनेछ ।

कार्य विवरणमा जो एलियन माइक्रोब्स पृथ्वीलाई दुषित गर्दछ त्यसलाई रोक्नुपर्ने हुन्छ, यसका साथै मानव अंतरिक्ष खोजकर्ताले दोस्रो ग्रह, चन्द्रमा र अन्तरिक्षमा रहेका वस्तुहरुलाई नोक्सान नपुराउने कुरामा पनि सुनिश्चितता गर्नुपर्ने हुन्छ ।

नासाले जागिर सम्बन्धि पोष्टमा लेखेको छ, ‘मानव र रोबोटिक स्पेश एक्सप्लोरेशनको कार्बोनिक मात्रा र जैविक प्रदुषणबाट बचाउने काम हो । अन्य कर्तव्यमा सेफ्टी मिशन एस्योरेन्स अधिकारीहरुलाई  ग्रहसम्बन्धि संरक्षणका मुद्दामाथि सल्लाह दिनु र रोबोटिक र मानव अंतरिक्ष उडान मिशनको पालनालाई सुनिश्चित गर्नु हो ।

यो जागिर त्यस्ता मानिसहरुका लागि खुल्ला छ जसको इन्जिनियरिङमा व्यापक अनुभव छ र जो यात्रामा विशेष रुची राख्छन् । यो फूल टाइम पोष्ट हो र इच्छुक आवेदकले कम्पनीको नियम र शर्तका साथै १४ अगस्टसम्म आवेदन दिन सक्छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top