जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको रावलको दाबी

राजनीति साउन १९ २०७४ .
Bhim rawal

चितवन,साउन १९– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भरतपुरका जनताले पहिले नै देवीप्रसाद ज्ञवालीलाई जिताइसकेको दाबी गरेका छन् ।

प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले भरतपुर महानगरपालिका वडा नं १९ का जनताले अहिले पनि ज्ञवालीलाई जिताउने विश्वास व्यक्त गरे । भरतपुर–१९ मा भोलि पुनः मतदान हुँदैछ ।

फरक प्रसंगमा उनले निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्धारित समयमा प्रतिवेदन बुझाएर एकैपटक दुई तहको निर्वाचन गर्नुपर्ने विचार व्यक्त गरे ।
उनले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पनि नेकपा एमाले पहिलो बन्ने दाबी गर्दै  तराईका अन्य जिल्लाका जनताले यसलाई पुष्टि गरेको बताए ।

प्राप्त प्रतिकृयाहरू

To Top