भारतलाई युद्धतर्फ धकेलिरहेको छ मोदी सरकार, नतिजा जगजाहिरः चीनियाँ पत्रिका

विश्व साउन २१ २०७४ एजेन्सी
Chinese soldier tgn715zwbk

साउन २१, 

डोकलाम विवादका बिच चीनले एकपटक पुनः मोदी सरकारमाथि निशाना साँधेको छ । सरकारी पत्रिका ग्लोबल टाइम्सले मोदी सरकारले भारतलाई लडाईंका लागि धकेलिरहेको बताएको छ । पत्रिकाले युद्ध हुने स्थितीको नतिजा जगजाहिर भएको पनि लेखेको छ । चीनियाँ पत्रिकाले डोकलाममा भारतीय सेना पछि नहटे युद्ध तय भएको र युद्ध हुँदाको नतिजा जगजाहिर भएको लेखेको छ । चीनियाँ पत्रिकाले आफ्नो सेना ५० वर्षमा सबैभन्दा बलियो अहिले भएको बताएको छ ।

पत्रिकाले जनमुक्ति सेना सैन्य लडाई.को लागि पर्याप्त तयारी गरिरहेको बताएको छ । पत्रिकाले लेखेको छ, ‘जनमुक्ति सेनाको ताकतबारे थाहा हुनुपर्छ । भारतीय सीमामा तैनाथ सैनिक पीएलए क्षेत्र बलका लागि कुनै प्रतिद्वन्द्वी छैन । अहिलेको स्थितीमा पीएलए सीमा क्षेत्रमा सबै भारतीय सैनिकलाई समाप्त गर्न चीनियाँ सेना पूर्ण रुपमा सक्षम छ ।’

पत्रिकाको यो सम्पादकीय यस्तो समयमा आएको छ जब पछिल्लो हप्ता चीनको तर्फबाट डोकलामबाट भारतीय सेनालाई तुरुन्त हटाउने आदेश दिइएको थियो । पत्रिकाका अनुसार चीनले संयमको प्रयोग गरेको छ, साथै शान्ति र मानव जीवनप्रति सम्मानको प्रदर्शन गरेको छ । जनमुक्ति सेनाले पछिल्लो महिना पनि केही कारवाही गरेको थिएन जब भारतीय सैनिकले चीनियाँ क्षेत्रमा बिनाकारण उल्लंघन गरे । यदि मोदी सरकारले चीनको सद्भावनालाई कमजोर मान्छ भने यो लापरवाहीले विनाशतर्फ लैजान्छ । भारतले सार्वजनिक रुपमा त्यो देशलाई चुनौती दिइरहेको छ जुन ताकतको हिसाबले धेरै शक्तिशाली छ । भारतको लापरवाहीले चीन अचम्ममा परेको छ ।’

योभन्दा पहिले चीनका एक सैन्य विशेषज्ञका अनुसार उनको देश डोकलामबाट आफ्नो सैनिकलाई फिर्ता नहटाउने किनभने यदि यस्तो भए भारतले भविष्यमा चीनका लागि समस्या खडा गर्न प्रोत्साहन पाउने छ । नेशनल डिफेन्स यूनिभर्सिटी अफ द पिपल्स लिबरेशन आर्मीका इन्टरनेशनल कलेज अफ डिफेन्समा सहायक प्राध्यापक यू दोंगशियोमले भने, ‘यदि भारतीय रणनीतिकार र नीति निर्माताले चीन फिर्ता हुन्छ भन्ने सोचिरहेका छन् भने उनीहरुले गल्ती गरिरहेका छन् ।’

यू दोंगशियोमका अनुसार भारतीय सैनिक बिना शर्त तत्काल फिर्ता हुँदैन । चीनको सरकारी एजेन्सी सिन्ह्वामा यूले लेखेका छन्, ‘बेइजिङले डोकलामबाट सैनिकलाई फिर्ता बोलाउनेछैन किनभने यो क्षेत्र चीनसँग सम्बन्धित छ र बेलायत र चीनबिच सन् १८९० को सन्धी यो कुराको प्रमाण हो । ’

‘यदि चीन अहिले पछि हटे भारतले भविष्यमा थप समस्या पैदा गर्नका लागि प्रोत्साहन पाउनेछ । बेइजिङ र नयाँ दिल्लीबिच थुप्रै सीमामा मतभेद छ तर डोकलाम यसमा समावेश छैन ।’
 

प्राप्त प्रतिकृयाहरू

To Top