ओबामाको एक ट्वीटले रच्यो इतिहास

विश्व साउन ३२ २०७४ एजेन्सी
Ibama twit 768x432

साउन ३२ ।
यो हुनसक्छ कि राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो सञ्चारको साधन हुनसक्छ । तर ट्वीटरको इतिहासमा पूर्व राष्ट्रपति बाराक ओबामाको एउटा ट्वीट सबैभन्दा धेरै मन पराइएको हो ।

ओबामाले नेल्सन मण्डेलाको तीन बक्तव्यको शेयर गरे र साथमा एउटा फोटो अपडेट गरे । जसमा एउटा डे-केयर सेन्टरको झ्यालबाट हेरिरहेका बच्चालाई हेरेर मुस्कुराइरहेका थिए ।

ती बच्चाहरु अलग अलग परिवारका थिए र उनीहरुलाई हेरेर ओवामा निक्कै खुसी देखिएका थिए ।

ओबामाको त्यस ट्वीटमा २८ लाखभन्दा बढीले लाइक गरेका छन् जुन उनले १३ अगष्टमा भर्जिनियामा भएको हमलापछि यो ट्वीट गरेका थिए ।

यस ट्वीटले मे मा म्यान्चेस्टर आतंकबादी हमलालाई निन्दा गर्ने एरिआना ग्राण्डेको ट्वीट कीर्तिमानलाई पछि छाडेको छ ।

ती ट्वीटमा ओबामाले मण्डेलाको आत्मकथा ‘द लङ टू फि्रडम’को एक अनुच्छेद पोष्ट गरे ।

प्राप्त प्रतिकृयाहरू

To Top