अब कतार र बहराइनबिच नयाँ संकट

विश्व भाद्र १ २०७४ बीबीसी
Qatar h3o4sdwvj4

बीबीसी
भदौ १
बहराइनको सरकारी टेलिभिजन च्यानलले कतारमाथि सरकार विरोधी षड्यन्त्रमा समावेश भएको आरोप लगाएको छ ।

यद्यपी, यो मामला सन् २०११ को हो । बहराइनले सरकार विपक्षी गुटसँग मिलेर कतारको उक्त षड्यन्त्रमाथि सहमती जनाएको आरोप लगाएको छ ।

सरकारी टेलिभिजन च्यानले उक्त कथित टेलिफोन रेकर्ड पनि जारी गरेको छ जसमा कतारका तत्कालीन प्रधानमन्त्री हमाद बिन जासिम अल–थानी र अल–वफाकका नेता अली सलमानबिचको सम्वाद भनी दाबी गरेको छ ।

अल–वफाकका नेता अली सलमानमाथि बहराइनमा चरमपन्थ फैलाएको आरोप विभिन्न समयमा लाग्ने गरेको छ । उनलाई चरमपन्थसँग जोडिएको अपराधका लागि सजायँ पनि सुनाइएको छ ।

कतारको संकटः

उक्त कुराकानीमार्फत् दुबैले बहाराइनको सल्तनतका विरुद्ध अस्थिरतालाई बढावा दिनका लागि सहमती दिइएको दाबी गरिएको छ ।

टेलिफोन संवादको विषयमा बहराइनको सरकारले अनुसन्धान सुरु गरेको छ । जूनमा बहराइन, साउदी अरब र संयुक्त अरब इमिरेट्स र इजिप्टले जूनमा कतारसँग कूटनीतिक सम्बन्ध समाप्त गरेका थिए ।

यी चार देशले कतारको आदेशमा इरानको नजिकका चरमपन्थी संगठनसँग साँठगाँठको आरोप लगाउँदै आएको छ र कतारले भने यी आरोपलाई जोडदार तरिकाले खण्डन गर्दै आएको छ ।

यद्यपी, कतारले बहराइनको यी आरोपमाथि अहिले कुनै प्रतिक्रिया दिएको छैन र शेख हमादको तर्फबाट पनि यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।

शेख हमाद प्रधानमन्त्री र विदेशमन्त्रीको जिम्मेवारीबाट सन् २०१३ मा नै अलग भएका थिए ।

 

प्राप्त प्रतिकृयाहरू

To Top