चीनको चेतावनी : हाम्रो सेना भारत पस्यो भने उथलपुथल मच्चिन्छ

विश्व भाद्र ७ २०७४ एजेन्सी
People liberation army pla

  भदौ ७ ।

चीन र भुटानको सीमा क्षेत्र डोकलाममा रहेका सेना नहटाएको भन्दै भारतसँग असन्तुष्ट देखिएको चीनले फेरि चेतावनी दिएको छ। मंगलबार चीनले भारतलाई चेतावनी दिँदै भनेको छ, ‘हाम्रो सेना भारत घुस्यो भने उथलपुथल मच्चन्छ।’ चीनको विदेश मन्त्रालयले आधिकारिक धारणा सार्वजनिक गर्दै भनेको छ, ‘यदी हामीले पनि भारतले जस्तै सीमानामा बनेका पूर्वाधार बेइजिङका लागि खतरापूर्ण छन् भन्ने बहाना बनाएर भारतमा छिर्‍यौं भने हंगामा मच्चिन्छ,’ विदेश विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘डोकलाममा चीनले सडक बनाउँदा नयाँ दिल्लीलाई खतरा छ भन्ने भारतको तर्क बेतुकको र निन्दनीय छ।’ गत जुन १६ तारिखदेखि डोकलाम सेक्टरमा भारत र चीनबीच सीमा विवाद बढेको छ। चीनले डोकलाम क्षेत्र आफ्नो भएका कारण यस क्षेत्रबाट भारतले सेना नहटाएसम्म वार्ताको कुनै संभावना नरहेको बताउँदै आएको छ। चीनको विदेश विभागले निकालेको पछिल्लो विज्ञप्तिमा आफ्नो सम्प्रभुता जोगाउने मामिलामा चीन सजग रहेको बताइएको छ। ‘चीनलाई कुनै व्यक्ति तथा राष्ट्रको अतिक्रमण सह्य छैन,’ विज्ञप्तिमा भनिएको छ। भारतीय सेनाले गैरकानूनी तरिकाबाट सीमा उल्लंघन गरेको चीनको आरोप छ। ३० सालपछिको सबैभन्दा ठूलो विवाद १६ जुनमा भारतीय सेना डोकलाम क्षेत्रमा प्रवेश गरेपछि सुरु भएको यो विवाद पछिल्लो ३० वर्षयता भारत र चीनबीच देखिएको सबैभन्दा ठूलो सीमा विवाद हो। १९८७ मा अरुणान्चल प्रदेशको चू घाटीमा पनि दुई देशका सेनाहरुबीच यस्तै लामो विवाद चलेको थियो। भारतलाई तर्साउँदै चीनको जनमुक्ति सेना (पीएलए) ले सीमा विवादकै दौरान यस क्षेत्रमा सैन्य अभ्यास गरेको छ। पछिल्ला ४५ दिनमा चीनले दोस्रो पटक विवादित क्षेत्रमा अभ्यास गरेको हो। चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार यस सैन्य अभ्यासमा पीएलएका १० युनिट सहभागि थिए। यसमा उड्डयन यूनिट तथा सैन्या दस्ता समेत सहभागि थिए। चीनले यस अभ्यासको ५ मिनेटको भिडियो पनि सार्वजनिक गरेको छ। यसअघि चीनले तिब्बतमा पनि यस्तै अभ्यास गरेको थियो। चीनको एक पत्रिकार द लियान्हे जाओबाओले पीएलएले भारतलाई तर्साउने उद्देश्य राखेर अभ्यास रहेको समाचार छापेको छ। भारत र चीनका सेना डोकलाममा आमने–सामने बसेको २ महिनाभन्दा बढी समय भइसकेको छ। कसरी सुरु भयो विवाद ? विवादको पहिलो कारण चीनले डोकलाम सेक्टरमा बनाएको सडक हो। यस इलाकामा चीन र भूटानको सिमाना छ। भारतको सिक्किम पनि यही जोडिन्छ। त्यसैले भारत र भूटानको आरोप छ कि चीनले भूटानको सीमाना मिचेर सडक बनाउन सुरु गरेको छ। चीन यस कुरालाई मान्न तयार छैन। उसले नियम विपरीत भारतीय सेना आफ्नो भूभागमा छिरेको आरोप लगाउँदै आएको छ।

बार्सिलोनाको फेसबुक पेज ह्याक गरेर डी मारियालाई स्वागत गरेपछि हंगामा SHARES 39 AddThis Sharing Buttons Share to FacebookShare to TwitterShare to Google+Share to EmailShare to PrintFriendly थाहा संवाददाता | १८ मिनेट अघि प्रतिकात्मक तस्बिर : lajmi.net भदौ ७, २०७४ काठमाडौं : क्याटलान जाइन्ट बार्सिलोना फुटबल क्लबको अफिसियल फेसबुक पेज ह्याक भएको छ। १० करोड ३४ लाखभन्दा बढी फलोअर्स रहेको पेज ह्याक गरी ह्याकरले पेरिस सेन्ट जर्मेनका खेलाडी एन्जल डी मारियालाई बार्सिलोनामा स्वागत गरेपछि विश्वभर हंगामा मच्चिएको छ। अफिसियल फेसबुक पेजबाट 'डी मारियालाई बार्सिलोनामा स्वागत छ' लेखेपछि बार्सिलोनाका हजारौं समर्थकले केही सेकेण्डभित्रै त्यसलाई शेयर गरे। त्यसको दुई मिनेटपछि नै OurMine नामक ह्याकरहरुको समूहले पेज ह्याक भएको जनाउ दिँदै आफूहरुलाई सम्पर्क गर्न आग्रहसहित अर्को स्टाटस लेखे। यो समाचार तयार पार्दासम्म पनि बार्साको फेसबुक पेज ह्याकरकै कब्जामा छ। पछिल्लो पटक ह्याकहरुले #FCBHack ट्रेण्ड चलाउन फेसबुकबाटै अपिल गरेका छन्। विकिपेडियाका अनुसार यो साउदी अरेबियन ह्याकरहरुको समूह हो। नेयमार पिएसजी गएपछि बार्सिलोना उनको स्थान लिने खेलाडीको खोजीमा छ। अर्जेन्टाइन विन्जर डी मारिया त्यसैमध्येका एक विकल्प हुन्। लिभरपुलका पिलेपे कउटिन्होलाई भित्र्याउन असफल भएपछि पछिल्लो समय बार्साले डी मारियालाई भित्र्याउन पहल गरिरहेको चर्चा छ।
Read more at: http://thahakhabar.com/news/22224

प्राप्त प्रतिकृयाहरू

To Top