दीर्घकालका लागि हलो नै चुनाव चिन्ह हुने : राणा

राजनीति भाद्र १४ २०७४ .
Pashupati

काठमाडौं ,भदौ १४– राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले तत्कालका लागि आफ्नो चुनाव चिन्ह पाङग्रा भएपनि दीर्घकालका लागि हलो चिन्ह नै हुने बताएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै उनले नेपाली जनता दलको पाङग्रा चुनाव चिन्हबाट असोज २ मा हुने सथानीय तहका ६ वटा जिल्लामा निर्वाचन लड्न लागेको बताएका छन् । त्यस्तै उनले सिराहा र महोत्तरीमा स्वतन्त्र चुनाव चिन्हबाट आफ्नो पार्टी चुनाव लड्न लागेको बताएका छन् ।

राप्रपा बिभाजन हुुनुको कारण नै हलो चिन्ह भएको भन्दै उनले दीर्घकालमा आफ्नो पार्टी हलो चिन्हको विकल्पमा नजाने प्रश्ट्याएका छन् ।

 

 

प्राप्त प्रतिकृयाहरू

To Top