बुटवललाइ प्रदेश न ५ को राजधानी बन्न कसैले रोक्न नसक्ने:उपमहासचिब पौडेल

राजनीति भाद्र १६ २०७४ .
Poudel1

बुटवल,भदौ,१६ ।

नेकपा एमालेका उपमहासचिब बिष्णु पौडेलले बुटवललाइ प्रदेश न ५ को राजधानी बन्न कसैले रोक्न नसक्ने बताएका छन्  । बुटवलललाइ राजधानी बन्न नदिने कोको हुन् मैदानमा आउन चेताबनी दिए । बुटवल उपमहानगरको बजेट, नीति तथा कार्यक्रम सार्बजनिक कार्यक्रममा बोल्दै उनले यस्लाइ रोक्ने को हुन्—‘दल,ब्याक्ती,नेता,मन्त्री वा प्रधानमन्त्री ? बुटवलको मैदानमा आएर बुटवल केन्द्र बन्न सक्दैन भन्ने हिम्मत गर । ’उनले आक्रोशीत हुदै बुटवल केन्द्र बन्दैन भन्ने हिम्मत बुटवलमै आएर गर्न चेताबनी दिए ।  बुटवल हरेक हिसाबले प्रदेशको राजधानी बन्ने संभाबित ठांउ हो । यसलाई रोक्ने कोशिषलाइ हामीले असफल तुल्याउछौं ।’
’यो वा त्यो दलको एजेण्डा होइन,हामीले प्रदेशको केन्द्र बुटवललाइ बनाएरै छाड्छौ’ं उनले प्रतिबद्धता जनाए ।  हामी संसद,सिंहदरबारमा लड्छौ हाम्रो बल नपुगे जनतालाइ सडकमा उर्ताछौं तपाइहरु तयार रहनुहोला उनले भने । 
उनले स्थानीय निकायको हात खुट्टा बांधिएको भन्दै अधिकार पाएपनि ब्यबहारिक रुपमा काम गर्न सयौ कानुन निर्माण गर्न जरुरी रहेको प्रष्ट पारे ।
 

प्राप्त प्रतिकृयाहरू

To Top