प्रदेश २ मा एमाले एक्लै भिड्दै

राजनीति भाद्र १७ २०७४ .
Uml 222

काठमाडौं,  भदौ १७– असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा सत्तारुढ कांग्रेस–माओवादीले तालमेलको गृहकार्य अन्तिम चरणमा पुर्याएका छन् भने प्रमुख प्रतिपक्षी दल एमाले उम्मेदवारहरु घोषणा गरी एक्लै मैदानमा उत्रेको छ । सत्तारुढ कांग्रेस–माओवादीले कुन ठाउँमा तालमेल गर्ने र कुन ठाउँमा छुट्टा छुट्टै उम्मेदवार खडा गरे पनि भित्रभित्रै सहकार्य गर्ने भन्ने निक्र्याेलमा नपुग्दा उम्मेदवारको अन्तिम टुंगो लगाउन सकेका छैनन् ।

एमालेले प्रदेश २ का सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाई प्रचार अभियानलाई तीब्र बनाएको छ । कांग्रेसले पनि एक्लै चुनाव लड्ने स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । तर, माओवादीसँग तालमेलका लागि कार्यदलसमेत गठन गरेकाले कुन कुन स्थानीय तहमा तालमेल हुने भन्ने एकीन नभइसकेकाले कांग्रेस–माओवादी दुवैले सबैतिर उम्मेदवारको टुंगो लगाएका छैनन् । एमालेले भने स्थानीय आवश्यकता अनुसार कांग्रेस बाहेकका दलहरुसँग तालमेल गर्न आफू खुला रहेको वताएको छ । तर, सबैजसो ठाउँमा उम्मेदवार घोषणा गरी एमालेका केन्द्रीय नेताहरु नै चुनाव प्रचारमा सक्रिय भइसकेका छन् ।

 

 

प्राप्त प्रतिकृयाहरू

To Top