एमालेसँग मुकाबिला गर्न कसैसँग हिम्मत नभएको दाबी : अध्यक्ष ओली

राजनीति भाद्र १७ २०७४ .
Kp

काठमाडौं, भदौ १७– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसमा  बैशाखी चाहिने अवस्था आएको भन्दै कटाक्ष गरेका छन् । कांग्रेस माओवादी गठनबन्धनप्रति संकेत गर्दै उनले भने, ‘ बैशाखी त्यतिबेला चाहिन्छ । त्यतिबेला कमजोर हुन्छ । एमाले कमजोर छैन, बैशाखी चाहिँदैन ।’
 कांग्रेस एमाले कमजोर भएकै कारणले चुनावमा गठबन्धन नामको बैशाखीको सहारा लिएको  दाबी गर्दै उनले एमालेसँग मुकाबिला गर्न कसैसँग हिम्मत नभएको दाबी गरे ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित २ नम्बर प्रदेशका अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दैै ओलीले  कांग्रेस माओवादी मिलेपनि एमाले हात्ती भएको तर्क गर्दै  ‘हात्ती दुब्लाएर बाख्रो हुँदैन’ भने ।

उनले विगतमा आफूले मधेसीको जुलुसलाई  माखेसांलो  र बिहार जाउ भनेर कहिले पनि नभनेको समेत दाबी गरे ।  उनले भने, ‘मैले बोल्दै नबोलेको  कुराको प्रचार गरिनुको अर्थ छैन । एमाले सुन  तौले जसरी तौली तौली बोल्छ । फलाम जोखेजसरी बोल्दैन ।’

 भेलामा ओलीले दुई नम्बर प्रदेशमा एमाले पहिलो बन्ने दाबी गर्दै  चुनावमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिए ।
 
भेलामा नेताहरु माधव नेपाल, इश्वर पोखरेल, विष्णु पौडेललगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top