पूर्वप्रधानमन्त्री पुत्र तथा पूर्व सांसद शाह एमालेमा प्रवेश , एकल महिलाकी अध्यक्ष लिलि थापा पनि एमालेमै 

राजनीति भाद्र १७ २०७४ ekhabarnepal
Yagyagit lili uml parbesh

काठमाडौं,भदौ १७ – पूर्व प्रधानमन्त्री डा केआई सिंहका पुत्र तथा पूर्व सांसद यज्ञजीत शाह एमालेमा प्रवेश गर्नुभएको छ । उहाँ सहित एकल महिला सञ्जालका अध्यक्ष लिलि थापा पनि शनिवारै एमाले प्रवेश गर्नुभयो । 

एमाले मुख्यालय धुम्बाराहीमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्रीपुत्र शाह र थापा लगायत एमाले प्रवेश गर्नुभएको हो । २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाल सद्भावना पार्टीवाट रूपन्देही जिल्ला क्षेत्र नं ५ बाट शाह सांसद निर्वाचित हुनु भएको थियो  ‘मानव अधिकारका लागि महिला (एकल महिला संरक्षणं)’ नामक संगठनका केन्द्रीय अध्यक्ष रहनुभएकी  लिलि थापा पनि शनिवारै एमाले प्रवेश गर्नुभएको हो ।  ।

कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसलाई बैशाखी चाहिने अवस्था आएको भन्दै गलत नीति बोकेका कारण उनीहरु एक्लाएक्लै एमालेसँग प्रतिस्पर्धामा आउन नसकेको वताउनुभयो । 

कार्यक्रममा ओलीले दुई नम्बर प्रदेशमा एमाले पहिलो बन्ने दाबी गर्दै चुनावमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । भेलामा वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव इृश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव योगेश भट्टराई ,नेता नागेनद्र चौधरी लगायतले सम्बोधन गर्नुभएको थियो 

प्राप्त प्रतिकृयाहरू

To Top