राज्य व्यवस्थाबाट पारित भयो दुवै विधेयक

राजनीति भाद्र १९ २०७४ .
Samsad bhawan bicc 1

काठमाडौं, भदौ १९।
 प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी दुवै विधेयक संसदको राज्य व्यवस्था समितिबाट पारित भएको छ। समितिको सोमबार बिहान बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक पारित गरेको हो। अब यी दुवै विधेयक संसदको आजकै बैठकमा पेस हुनेछ।

विधेयकमा कांग्रेसका १९ सांसदले हालेको संशोधन फिर्ता लिएपछि विधेयक पारित भएको हो। कांग्रेस सांसदहरुले भ्रष्टाचार तथा फौजदारी अभियोग लागेका व्यक्तिले पनि ३ वर्षपछि चुनाव लड्न पाउनुपर्ने भन्दै संशोधन हालेका थिए। यस्तै नो भोटको व्यवस्थासम्बन्धी बुँदामा भने संशोधन गरिएको छ। आगामी निर्वाचनमा मतदाताले कुनै पनि उम्मेदवारलाई भोट हाल्दिन भन्ने अधिकार 'राइट टू रिजेक्ट' पाउने छैनन्। यस्तै थ्रेसहोल्डसम्बन्धी व्यवस्था पूर्वनिर्धारित नै रहनेछ। अब राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्नु अनिवार्य हुनेछ।

 

प्राप्त प्रतिकृयाहरू

To Top