डीजी विदेश भ्रमण जाँदा कारवाही प्रक्रिया रोकियो

राजनीति भाद्र २१ २०७४ .
Bhairawa

भैरहवा भदौ,२१  । भैरहवा भन्सार कार्यालयमा भएको घोटाला काण्डमा मुछिएका कर्मचारी उपर सुरु भएको विभागीय कारवाही प्रक्रिया रोकिएको छ ।

विभागका महानिर्देशक (डीजी) रामशरण चिमोरिया विदेश -इन्डोनेशिया) भ्रमणमा गएका कारण कारवाही प्रक्रिया रोकिएको विभागका अधिकृत टंक पाण्डेले जानकारी दिए ।

उनले भने,’अहिले डीजी सा’ब विदेश भ्रमण जानुभएको कारण कर्मचारी उपर सुरु भएको कारवाही प्रक्रिया रोकिएको छ र उहाँ आएपछि मात्र कारवाही प्रक्रिया सुरु हुन्छ ।

हाल रहेका निमित्त डीजीले कारवाही प्रक्रिया अगाडि बढाउन नसक्ने भएको कारण विभागका डीजी -चिमोरिया) नै विदेश भ्रमणबाट आएपछि कारवाही प्रक्रिया सुरु हुने उनले बताए ।

एउटै प्रज्ञापन पत्रबाट दुई वटा मालवाहक गाडी र प्रज्ञापन पत्रमा उल्लेख रहेको भन्दा २६ किसिमका महंगा सम्रगीहरु फेला परेपछि घटनामा संग्लन देखिएका चार जना भैरहवा भन्सारका भन्सार अधिकृत मानबहादुर विश्वकर्मा, नासु सुबास शर्मा, खरिदारद्धय अतुल शर्मा र विनय जोशीको उपर विभागीय कारवाही प्रक्रिया सुरु भएको थियो ।

यता भन्सार घोटाला घटनाको छानबिन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि घटनालाई थामथुम पार्दै छानबिन प्रक्रिया रोकेको छ ।

अख्तियारको सम्पर्क कार्यालय बुटवलले घटनाको सामन्य छानबिन मात्र गरेर प्रतिवेदन पठाएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top