प्रतिनिधिसभा सदस्य उम्मेदवारले १४ लाखसम्म खर्च गर्न पाउने आयोगको प्रस्ताव

राजनीति भाद्र २९ २०७४ .
Nirwachan aayog

काठमाडौं, भदौ २९– निर्वाचन आयोगले चुनावी खर्चको सिमा तोक्ने तयारी गरेको छ । पछिल्ला निर्वाचन अत्यन्त भड्कििला र खर्चिला हुदै गएकोमा सर्वत्र आलोचना भइरहेका बेला आयोगले खर्चको सीमा तोक्ने तयारी गरेको हो ।

आयोगले प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले १४ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव अघि सारेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रति मतदातासँग हुने खर्चलाई बजार मूल्यसँग समायोजना र मुद्रा स्फितिलाई मूल आधार बनाएर प्रस्तावित निर्वाचन खर्च तय गरिएको बताएका छन् ।
उनले राजनीतिक दलहरुकै सुझावका आधारमा बस्तुनिष्ट निर्वाचन खर्च निर्धारण सकिने विश्वास पनि व्यक्त गरे ।
 निर्वाचन आयोगले निर्वाचन क्षेत्रको भूक्षेत्र बढकोले पनि निर्वाचन खर्च केही बढ्न गएको बताएको छ ।
निर्वाचन आयोगले २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले १० लाख खर्च गर्न पाउने व्यवस्था गरेको थियो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ अनुसार निर्वाचन आयोगले निर्वाचनमा हुने खर्चको सीमा तोक्न पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार राजनीतिक दलहरुकै सुझावको आधारमा खर्च निर्धारणको कामलाई टुंगोमा पु¥याउन लागिएको निर्वाचन आयोगले जनाएको छ । आगामी मंसीर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । आयोगले प्रदेश सभा र प्रतिनिधि निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।

यसै सन्र्दभमा निर्वाचन आयोगले दलका नेताहरुसँग गरेको छलफलमा राजनीतिक दलहरुले निर्वाचन खर्च बढाउने पक्षमा आफूहरु नरहेको बताए । उनिहरुले आयोगले गरेको १४ लाखसम्मको सीमाप्रति असन्तुष्टि जनाउदै आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन खर्च व्यवहारिक र स्वभाविक हुनेगरी निर्धारण गर्न सुझाव दिएका छन् ।

विहिबार निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको खर्च निर्धारणका विषयमा सुझाव लिन दलका नेताहरुलाई छलफलमा बोलाएको थियो । छलफलमा काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले निर्वाचन खर्च बढाउने पक्षमा पार्टी नरहेपनि क्षेत्र बढेकाले त्यहि अनुसार खर्च निर्धारण गर्नुपर्ने बताए ।

 

प्राप्त प्रतिकृयाहरू

To Top