कपिलवस्तुका स्थानीय निकायमा युवा संघले तोक्यो इन्चार्ज (सूचीसहित)

राजनीति भाद्र ३१ २०७४ रासस
Kabilwastu map

कपिलवस्तु, भदौ ३१ - युवा संघ नेपालको नियमित बैठक कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ । युवा संघ नेपालका जिल्ला अध्यक्ष गणेश केसीको अध्यक्षता र एमाले जिल्ला पार्टी अध्यक्ष झविलाल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले जिल्लाका दश स्थानीय निकायमा इन्चार्ज तोकेको छ ।

कहाँ, को इन्चार्ज ?
-वाणगंगा नगरपालिका : जयलाल गिरी
-कपिलवस्तु नगरपालिका : अब्दुल कलाम डफाली
-शिवराज नगरपालिका : कृष्ण कार्की
-बुद्धभूमि नगरपालिका : सन्तोष श्रेष्ठ
-कृष्णनगर र महराजगंज नगरपालिका : गणेश के.सी.
-विजयनगर गाउँपालिका : कृपाल चौधरी
-यशोधरा गाउँपालिका : ध्रुव भुसाल
-मायादेवी र सुद्धोदन गाउँपालिका : श्याम सुवेदी

साथै, युवासंघको बैठकले यही असोज ७ गते जिल्लाको ४ नम्बरमा प्रशिक्षण तथा दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकमा पार्टी उपाध्यक्ष एवं मोर्चा इन्चार्ज बाबुराम खनाल, केन्द्रिय स्कूल विभाग सदस्य बिमला घिमिरे, युवा संघ नेपाल केन्द्रिय सदस्य एवं कपिलवस्तु इन्चार्ज टोपलाल पोख्रेल, पार्टी सचिवालय सदस्य एवं युवा इन्चार्ज चक्रपाणी अर्याल लगायतले जिल्लाका हरेक स्थानीय निकायमा एमालेको पकड बलियो बनाउन विशेष गरी युवा संघ अग्रसर हुनुपर्ने जोड दिएका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top