शान अध्यक्ष एमालेमा प्रवेश

राजनीति असोज १ २०७४ .
 cpn uml

भैरहवा,  ।
होटल एशोसियसन अफ सिद्धार्थनगरका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ नेकपा एमालेमा प्रवेश गरेका छन् । लुम्बिनी अन्चलकै अग्रज पर्यटन व्यवसायी श्रेष्ठ होटल एशोसियसन अफ नेपालका सदस्य समेत हुन् ।
भैरहवाको होटल नान्सका सन्चालक समेत रहेका श्रेष्ठ रुपन्देहीका विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका छन् । रुपन्देही क्षेत्र नम्बर २ र सिद्धार्थनगरको निर्वाचनलाई समेत प्रभाव पार्न सक्ने हैसियत भएका श्रेष्ठलाई एमालेमा प्रवेश गराउदैं एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले भैरहवाको मात्रै नभएर सिंगो मुलुकको पर्यटन क्षेत्रको विकासकोलागी चन्द्रप्रकाश श्रेष्ठको भूमिका महत्वपुर्ण हुने बताए ।
भैरहवामा आयोजित विशेष कार्यक्रममा पार्टि प्रवेश गर्दै समाजसेवी तथा व्यवसायी श्रेष्ठले भने “म अहिले सम्म कुनै दलको सदस्यता लिएको थिएन । अहिले देशको विकास र समृद्धिकोलागी एमालेको नीति र नेताको भूमिका मन परेकोले निस्वार्थ भावनाले एमालेको सदस्यता लिदैं पार्टि प्रवेश गरेको छु  । ”
श्रेष्ठसंगै सिद्धार्थ ट्राभल्स एण्ड टुर एजेन्ट साट्टाका पुर्व अध्यक्ष श्रीचन्द गुप्ता पनि एमाले प्रवेश गरेका छन् । दुबै जनालाई उपमहासचिव तथा पुर्वमन्त्री पौडेलले अबिर माला लगाएर स्वागत गरेका हुन् । सो अवसरमा एमाले केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरी, केन्द्रिय सदस्य खिमलाल भट्ट।राई, गोपाल भट्टराइ, सिद्धार्थनगरका मेयर हरिप्रसाद अधिकारी, उपमेयर उमा काफ्ले, समरीमाई गाउपालिका अध्यक्ष बब्लु शुक्ला, पुर्व सांसद यज्ञजित शाह, एमाले क्षेत्रीय इन्चार्ज हितराज पन्थि, डा. रामप्रसाद बस्याल, भरत कुमार पोखरेल, एमाले पर्यटन विभाग केन्द्रिय सदस्य प्रा.डा. गितु गिरी, विजय सागर लगायत समाजका लब्धप्रतिष्ठीत व्यक्तिहरु एवं पर्यटन व्यवसायी तथा पत्रकारको उपस्थिीति रहेको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top