बाराको गढीमाईमा माओवादीद्वारा मतपत्र च्यात्ने प्रयासपछि गणना स्थगित

राजनीति असोज ३ २०७४ .
Chunab

बारा, असोज ३– मा‌ओवादीका मतगणना प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि बाराको गढीमाई गाउँपालिकाको मतगणना रोकिएको छ । यसअघि चितवनको भरतपुरमा मतपत्र च्यातेर एउटा वडाको चुनाव दोहोर्याएपछि माओवादीले २०० मतान्तरमा भरतपुरको मेयर जितेको थियो ।

गढीमाईमा अहिले मतपत्र च्यात्न खोज्ने माओवादी प्रतिनिधि र अन्यबीच विवाद भइरहेको छ । माओवादीले मतपत्र च्यात्न खोजेपछि तनाव बढ्दै जाँदा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । आफ्नै पार्टीको गृहमन्त्री भएकाले प्रहरीको सहयोग आफूलाई हुने माओवादी प्रतिनिधिले दावी गरेका छन् ।  

अन्य दलका प्रतिनिधिले मतगणना पुन सुरु गर्नका लागि प्रयास गरिरहेका छन् । मा‌ओवादीका प्रतिनिधि बाहिर निस्किएको बेला मतपेटिकाबाट मतपत्र झरेको र झरेका मतपत्र च्यात्न पाउनु पर्ने माओवादीको माग छ ।  

 

 

प्राप्त प्रतिकृयाहरू

To Top