प्रदेश नम्बर २ को पहिलो मतपरिणाम, हंशपुरमा राजपा विजयी

राजनीति असोज ४ २०७४ .
1e

धनुषा, असोज ४ : हंशपुर नगरपालिका प्रमुख र उपप्रमुखमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारले जीत हासिल गरेका छन्। प्रमुखमा राजपाका प्रमुखका उम्मेदवार रामज्ञान मण्डलले ३ हजार ३२० मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रदीप यादव हुन्। यादवले ३ हजार २२९ मत ल्याएर पराजित भएका हुन्। त्यस्तै उपप्रमुखमा राजपाकी उम्मेदवार रेणु झा विजयी भएकी छन्। झाले ३ हजार २७६ मत ल्याइन्। स्थानीय तह निर्वाचनको तेस्रो चरणमा असोज २ गते भएको प्रदेश नम्बर २ को यो पहिलो मत परिणाम हो।

 

प्राप्त प्रतिकृयाहरू

To Top