३ उपमहानगर मध्ये दूईमा एमाले र एकमा राजपाको अग्रता

राजनीति असोज ५ २०७४ .
880x494xupamahanagar7260.jpg.pagespeed.ic.lmoqfjogr6

बारा, असोज ५ – तेस्रो चरणमा चुनाव भएका प्रदेश नम्बर २ का तीन उपमहानगरपालिका मध्ये एमालेले दुई र राजपाले एकमा अग्रता लिएका छन् । बाराको जीतपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमाले उम्मेदवारले अग्रता लिएका छन् भने धनुषाको जनकपुर उपमहानगरपालिकामा राजपाका उम्मेदवारले अग्रता लिएका छन् ।

जीतपुर सिमरा उपमहानगरमा एमाले उम्मेदवार कृष्ण पौडेलले ५०६४ मत ल्याउनु भएको छ भने माओवादीका उम्मेदवार राजन पौडेलले ४१७७ मत ल्याउनु भएको छ । तेस्रो स्थानमा रहेको कांग्रेसका उम्मेदवार कृष्णवत सिंहले ३४३४ मत ल्याउनु भएको छ ।

बाराकै अर्काे उपमहानगर कलैयामा पनि एमाले उम्मेदवार विनोद साहले १७११ मत ल्याएर अग्रता लिनुभएको छ । दोस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमका प्रमोद गुप्ताले १५८६ मत ल्याउनु भएको छ । तेस्रो स्थानमा रहेको कांग्रेसका राजेश यादवले १२२५ मत पाउनु भएको छ ।

यस्तै जनकपुर उपमहानगरपालिकामा राजपाका उम्मेदवारले कांग्रेस उम्मेदवारलाई धेरै मतान्तरले पछाडि छोड्नुभएको छ ।


 

प्राप्त प्रतिकृयाहरू

To Top