काठमाडाैं,मंसिर २५
१३ औं दक्षिण एसिायली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई सरकारले विशेष प्याकेजको घोषणा गरेको छ ।
बुधवार बालुवाटारमा सहभागी खेलाडीहरूमाझ प्रधानमन्त्रीले सागमा पदक विजेतालाई पुरस्कारको घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई ९-९ लाख दिने घोषणा गरेका छन् । एकभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीलाई ११ लाख दिइने पनि उनले घोषणा गरे ।
त्यस्तै रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख दिने सरकारले घोषणा गरेको छ ।
प्रधानमन्त्री ओलीले मंगलवार साग समापनमा देखाइएको भिडियो सन्देशमा खेलाडीहरूलई बालुवाटारमा निम्तो दिएका थिए ।
नेपालले सागमामा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको छ ।
मंगलवार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्य पदक जितेको थियो ।
प्राप्त प्रतिकृयाहरू