प्रदेश सरकारले कोरोना एप वनायो, यस्ता छन् विशेषता

राजनीति चैत्र २३ २०७६ ekhabarnepal
Province 5

बुटवल, चैत २३

प्रदेश सरकारले कोभिड १९ संग सम्बन्धित प्रदेशभरका सूचना संकलन र संप्रेषण गर्न मोवाइल एपको निमार्ण गरेको छ । यो एपका विशेषताहरु यस्ता छन् । 


 यस एपलाईआफ्नो मोबईलमा डाउनलोड गरी साईन अप गरेपछिकोभिड -१९ बारे आफ्नो तथा अरुको बारेमा विवरण पठाऊन सकिन्छ ।

  • यस एप मार्फतLocationसहितको स्वास्थ्य विवरण संकलन हुने भएकोले स्वास्थ संस्थाहरूलाई सम्बन्धित व्यक्ति बस्ने स्थानसम्म पुग्न मद्धत पुग्नेछ ।
  • यस एपको माध्यमबाट कोभिड -१९ संग मिल्ने लक्षण देखिएका व्यक्तिहरूका विवरणको विवरण पठार्इ उपचार तथा व्यवस्थापनमा मद्दत गर्न  सकिन्छ ।
  • भर्खरै विदेशबाट नेपाल आउनु भएका व्यक्तिहरू क्वारेनटाईनमा बसे/नबसेको विवरण समेत यस एप मार्फत पठाऊन सकिन्छ ।
  • धेरै ठाउँमा मानिसहरु विदेशबाट आएर पनि सरकारी निर्देशन अनुरुप क्वारेनटाईनमा नबस्ने घटनाहरु सार्वजनिक भईरहेका छन् ।यस्ता कृयाकलापले आफुलाईमात्र नभई समाजलाईनै खतरा पुग्न सक्ने विज्ञहरुको सुझाव छ । तसर्थ यदि तपार्इंको छरछिमेकमा त्यस्तो  अवस्था भएको देख्नुभएमा यस एप मार्फत रिपोर्ट गर्न सक्नुहुनेछ।
  • यस एपबाट कोभिड-१९ सम्वन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथ्याङ्क एवं समाचारहरूसमेत प्राप्त गर्न सकिनेछ ।
  • यस एप मार्फत संकलन हुने विवरणले कोभिड -१९ विरुद्ध प्रदेशको स्वास्थ्यको विश्लेषणात्मक योजनामा निक्कै मद्धत मिल्नेछ । त्यसैले प्रदेश ५ का सम्पुर्ण बासिन्दाहरूमा यस एपमार्फत आफ्नो, परिवारको र छरछिमेकको कोरोना भारस (कोभिड -१९)संग संवन्धित विवरण पठाउन प्रदेश सरकार, प्रदेश-५ हार्दिक अनुरोध गर्दछ । यस एपमार्फत संकलन भएका सबै सूचनागोपनियताका साथ राखिने छ । 
  • यो एप प्रदेश नं. ५ मुख्यमन्त्री पोर्टल (http://cm.p5.gov.np)मा गर्इ डाउनलोड गर्न सकिने छ ।  

 

प्राप्त प्रतिकृयाहरू

To Top