प्रदेश ५ को ३६ अर्ब ३५ करोडको बजेट, विश्वविद्यालय वाँकेमा, कपिलवस्तुमा सरुवा रोग र दाङको लमहीमा ट्रमा अस्पताल, रासायनिक मल र कागज कारखानाको स्थापना हुने

राजनीति असार १ 2077 ekhabarnepal
1592213330budget shankar

बुटवल,असार १  । प्रदेश ५ सरकारले चालु आर्थिक वर्षभन्दा ६ करोड रुपैयाँ कम गरी आर्थिक वर्ष २०७७र७८ का लागि ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्ब ३५ करोडको बजेट सार्वजनिक गरेका हुन् ।

बजेटमध्ये चालुतर्फ ३४ दमलव ६४ प्रतिशत अर्थात १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार, पुँजीगततर्फ ५१ दशमलव २२ प्रतिशत अर्थात १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र स्थानीयतह वित्तीय हस्तान्तरणतर्फ १४ दशमलव १४ प्रतिशत अर्थात ५ अर्ब १४ करोड ५० हजार रुपैंया बजेट विनियोजन गरिएको छ ।

बजेट आन्तरिक राजश्वबाट २ अर्ब ३ करोड ७५ लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरणतर्फ १७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८८ करोड ३६ लाख समपूरक अनुदानतर्फ ४८ करोड ३३ विशेष अनुदानबाट र २१ करोड र चालु वर्षको खर्च हुन नसकेको रकमबाट ७ अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएको छ ।

प्रदेश ५ सरकारले अघिल्लो वर्ष ३६ अर्ब ४१ करोड ६८ लाख रुपैंयाको बजेट ल्याएको थियो ।
बजेटले स्वास्थ्य, कृषि र रोजगारी प्रवद्र्धनलाई केन्द्रित गरेको छ ।

 कागज र रासायनिक मल कारखाना स्थापना हुने,  सरकारी कार्यालयमा नेपाली काठको फर्निचर

 प्रदेश नम्बर ५ मा यसै आर्थिक वर्षमा रासायनिक मल र कागज कारखानाको स्थापना हुने भएको छ । आर्थिक वर्ष ०७७र७८को बजेट प्रस्तुत गर्दै प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यस्तो घोषणा गरेका हुन् ।
उनले लघु, घरेलु तथा साना उद्योग कोषको स्थापना गरि बिदेशबाट फर्केका युवाहरुलाई आत्मनिर्भर बनाउन १० करोड बजेट बिनियोजन गरेको बताए । एक निर्वाचन क्षेत्र १ उद्या्ेगको योजना सफल बनाउन प्रत्येक पालिकामा १० करोड बजेट बिनियोजन गरेको घोषणा गर्दै पोखरेलले मोतीपुर औद्योगिक क्षेत्र र नौबस्ता औद्योगिक क्षेत्रलाई प्रदेशको स्वामित्वमा ल्याउने बताए ।

उनले बांके, दाङ र रुपन्देहीमा स्थायी डिपार्टमेण्ट स्थल स्थापना गर्न १ करोड ३६ लाख बजेट बिनियोजन गरेको बताउंदै प्रदेशमा रहेका सबै सरकारी कार्यालयमा नेपाली काठ र नेपाली फर्निचरको प्रयोग गर्ने घोषणा गरे । बिद्यालयमा शिक्षक र विद्यार्थीले अल्लो, ढाका जस्ता कपडा प्रयोग गरि पोशाक बनाउने बिद्यालयलाई प्रदेश सरकारले अनुदानका लागि बजेट छुट्याईएको मुख्यमन्त्री पोखरेलले बताए ।

बिदेशबाट फर्केका युवाहरुलाई स्वरोजगार सृजना 

प्रदेशसभामा आज प्रस्तुत वजेटमा  युवाहरुलाइै कृषिमा लगाउने उद्दे्श्यले बजेट बिनियोजन गरिएको छ  । मुख्यमन्त्रीले लकडाउनका बिच कृषि एम्बुलेन्स संचालन गरिएको उल्लेख गर्दै कृषिलाई बजेटमा पर्याप्त बजेट बिनियोजन गरेको बताए ।

मुख्यमन्त्रीलले कोरोना भाइरस नियन्त्रण गर्न प्रत्येक पालिकालाई ५ लाख बिनियोजन गरेको जानकारी दिए ।

उनले प्रदेश सरकारले स्थापना गरेको कोभिड(१९ कोषमा १५ करोड ६ लाख संकलन भएको जानकारी दिंदै अहिले सम्ममा ७ करोड ८९ लाख बिभिन्न सिर्षकमा निकासा भएको बताए । आगामी वर्षमा पनि प्रदेश सरकारले कोभिड(१९ कोषमा १० करोड बिनियोजन गरेको उनले बताए ।

कपिलवस्तुमा सरुवा रोग र दाङको लमहीमा ट्रमा अस्पताल 

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै जिल्ला अस्पतालहरुलाई ५० शैयाको अस्पतालकारुपमा स्तर उन्नती गर्ने घोषणा गरेका छन् ।

बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले रुकुम पूर्व, नवलपरासी, भिम अस्पताल, कपिलवस्तु र बर्दियाको जिल्ला अस्पतालको स्तर उन्नतिका लागि १५ करोड बजेट बिनियोजन गरेको बताए ।

उनले १०९ वटै पालिकामा मुख्यमन्त्री ग्रामिण बिकास रोजगार कार्यक्रम संचालन गर्न १ करोड बिनियोजन गरेको बताए ।

पोखरेलले कपिलवस्तुको शिवराजमा सरुवारोग अस्पताल निर्माण गर्न १ करोड तथा दाङको लमहीमा ट्रमा अस्पतालका लागि ५ करोड बजेट बिनियोजन गरेको बताए ।

आव ०७७।७८ मा बांकेको खजुरामा प्रदेश बिश्व बिद्यालयको स्थापना गर्ने घोषणा गर्दै मुख्यमन्त्री पोखरेलले त्यसको लागि ७ करोड बजेट बिनियोजन गरेको बताए ।

उनले समपुरक बजेट अनुसार प्रदेशका स्थानीय सरकारहरुबाट समपुरक बजेटबाट बिकासको गतिलाई अगाडी बढाउन १ अर्व १५ करोड बिनियोजन गरेको बताए । समपुरक बजेटबाट ३ अर्बको काम हुने उनले अपेक्षा गरे ।

प्राप्त प्रतिकृयाहरू

To Top