नयाँ जनादेशका लागि जाने कदम क्रान्तिकारी  : गृहमन्त्री थापा

राजनीति पौष ९ 2077 ekhabarnepal
Ncp oli cc v7d4roqsue

काठमाडाैं, पुस ९
गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा संसद विघटन अग्रगामी कदम भएको दावी गरेका छन् ।

राष्ट्रियसभा सदस्य समेत रहेका थापाले संसद विघटन गरेर नयाँ जनादेशका लागि जाने कदम क्रान्तिकारी भएको दावी गरे । उनले प्रतिनिधिसभा पुनःस्थापनाको माग पश्चगामी भएको जिकिर गरे । 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय सदस्यको बैठकलाई बिहीवार बालुवाटारमा सम्बोधन गर्दै थापाले प्रतिनिधिसभा विघटन बाध्यकारी कदम भएको बताए ।

‘संसद विघटन पनि क्रान्तिकारी कदम हो, जे भएको छ ठीक छ । जनतामा जाने कुरा अग्रगामी कदम हो । पुनःस्थापनाको कुरा पश्चगामी छ,’ थापाको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने । 

पार्टीमा गुटबन्दी र अराजकता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालहरूले जन्माएको दावी थापाले गरे । उनले आफूले सोचविचार गरेरै नेकपाको मूल नेतृत्वलाई साथ दिएको बताए । नेकपाको मूल नेतृत्व केपी ओली नै भएको उनले बताए । 

लामो समयको मौनता तोड्दै थापा ओली क्याम्पमा गएका छन् । ओली समूहमा सहभागी हुने थापा पूर्व माओवादी खेमाका प्रभावशाली नेता हुन् । उनी माओवादी केन्द्रमा पार्टी महासचिव थिए । 

थापाको सहभागितासँगै नेकपाको दुवै समूहमा सचिवालयका ४–४ जना सदस्य भएका छन् । 

प्राप्त प्रतिकृयाहरू

To Top