प्रभु साहसहित पूर्वमाओवादी खेमाका ५ नेता मन्त्री बन्दै, शपथको तयारी

राजनीति पौष १० 2077 ekhabarnepal
Prabhu shah topbahadur bo22dj8l1g

काठमाडाैं, पुस १०
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् ।

पूर्व माओवादी खेमाका ५ नेतालाई समेटेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन् ।
बालुवाटार स्रोतका अनुसार उनीहरूलाई आजै साँझ शपथ ग्रहण गराउने तयारी छ ।

प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझीलाई ऊर्जा, प्रभु साहलाई श्रम, मणि थापालाई पर्यटन, दावा लामालाई शिक्षा र गौरीशंकर चौधरीलाई खानेपानी मन्त्री बनाउँदै छन् ।

यी सबै पूर्व माओवादी खेमाका हुन् ।

साह त प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा समेत सामेल भएका थिए ।

माधव नेपालसँग लामो दुस्मनी रहेका साहले नेपाललाई अध्यक्ष बनाउँदा त्यसको विरोध समेत गरेका थिए ।

चौधरी कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका हुन् । कैलालीकै लेखराज भट्ट पनि केपी ओली खेमामा छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top