चार अर्ब बढी बजेट ल्याएपनि बजेटको सुनिश्चितता छ ः मन्त्री चौधरी 

राजनीति असार १० 2078 ekhabarnepal
Baija1624538152

बुटवल,असार १०। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट सुनिश्चित हुने दाबी गरेको छ । प्रदेशको आगामी बजेट गत वर्षको भन्दा ४ अर्ब बढी छ । कोरोना महामारीका कारण विषम स्थितिमा पनि प्रदेश सरकारले ४ अर्ब बढी बजेट ल्याएपनि बजेटको सुनिश्चितता भएको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले दाबी गरेका छन् ।
यद्यपि विपक्षी दलहरुले अनेक बहानामा सरकारले ल्याएको बजेटमाथि छलफल हुन नदिएको बताए। बजेटमाथि छलफल गरेर साउनमा प्रक्रिया अघि बढाउने तयारी गरेपनि विपक्षी दलहरुको अवरोधका कारण संसद स्थगित भएको र बजेटमाथि पर्याप्त छलफल हुन नपाएको भनाई चौधरीको छ । विपक्षी दलले एजेन्डामा छलफल गर्नुभन्दा बहानाबाजी गरेको आरोप लगाउँदै  मन्त्री चौधरीले विपक्षी दलहरुसँग छलफल भएर सदनमा बजेटमाथिको छलफल अघि बढाउने सहमति भएपनि सहमतिको पालना गरिएन।

ु छलफलमा संसद चल्न दिन्छौं भन्नुहुन्छ, सदनमा दलको एउटा नेतालाई बोल्न लगाएर बैठक चल्न दिनुहुन्छ, मन्त्री चौधरीले भन्नुभयो । 
उनले सरकारले पेश गरेको ४० अर्ब ९५ करोड ९७ लाखको बजेट कार्यान्वयनका लागि मन्त्रालयहरुले छिटै नै काम थाल्ने बताए।

आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ४ अर्ब ६० करोड ७२ लाखले बढी रहेको जनाउँदै उनले कोभिड नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन सरकारले प्राथमिकता दिएको बताए।

आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार मन्त्रालयमा पत्रकार भेटघाटको आयोजना गर्दै बजेटको आकार, बजेटका प्राथमिकता र आम्दानीको स्रोतको बारेमा बताउँदै उनले बजेट सुनिश्चित हुने दाबी गरेका हुन् ।पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लुम्बिनी सरकारका प्रवक्ता ,आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले गत आर्थिक वर्ष भन्दा ४ अर्ब ६० करोड ७२ लाख बढी बजेट बिनियोजन गरेको बताउँदै सो आकारको बजेटका लागि आम्दानीका स्रोतहरुको पहिचान र सुनिश्चित गरिएको जनाए ।

उनले कोरोनाको उपचारलाई प्रभावकारी बनाउनको लागि, ठेक्का लागेका सडकहरु सम्पन्न गर्नको लागि, निर्माणाधीन पुलहरु सम्पन्न गर्नको लागि, खानेपानी, कृषि एवम् प्रदेश सरकारको स्थायी राजधानी निर्माणलगायतका कारणले बजेटको आकार बढेको बताए ।
उनले विशेष महत्वका योजनाको कार्यान्वयन शुरु गर्नको लागि कोभिड रोकथाम,उपचारसहित स्वास्थ्य, शिक्षा लगायतमा बजेटले मुख्य प्राथमिकताका साथ राखेको बताए । मन्त्री चौधरीले बजेटको आकार बढेसँगै आम्दानीका स्रोतहरुपनि बढेको र बजेट पूर्ण रुपमा खर्च हुने उनले दाबी गरे ।

उनले सवारी साधन कर बापतको राजश्व, घरजग्गा रजिष्ट्रेशन शुल्क, वन क्षेत्रका दाउराको लिलामीबाट, वन क्षेत्रमा पर्ने नदीजन्य पदार्थबाट आउने राजश्व, पालिका जोड्ने कार्यक्रममा संघबाट आउने रकम, समपुरक अनुदानमा पाउने रकम, मनोरञ्जन र विज्ञापन करबापतको राजश्व लगायतले अनुमानित आय भन्दा धेरै उठ्ने बताए ।उनले अघिल्ला वर्षहरुको अवस्था हेर्दा अहिलेसम्म आएमा कुनै समस्या नरहेको उल्लेख गर्दै आगामी वर्षमा पनि आय कम नहुने दाबी गरे ।

प्राप्त प्रतिकृयाहरू

To Top