शुरु हुने भयो गेमचेन्जर प्रोजेक्ट कालीगण्डकी—तिनाउ डाइभर्सन परियोजना

राजनीति असार १२ 2078 ekhabarnepal
Bishnu paudel1 e1624692432803

बुटवल, असार १२

कालीगण्डकी डाइभर्सन धेरैका लागि असम्भव परिकल्पना हो । अहिले पनि भारतले सो पानी डाइभर्सन गर्न नदिने तर्क धेरैले गर्छन् । तर, यसको परिकल्पनाले मूर्त रुप लिदैछ । विगत १५ वर्षदेखि यसका परिकल्पनाकार विष्णु पौडेलले निरन्तर यो मुद्वा उठाउँदै आउनु भएको थियो । पाल्पा र गण्डकी क्षेत्रका कतिपय नागरिकले पनि यसको सम्भावनालाई नकार्ने गर्छन् तर अवको एक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन तयार हुनेछ ।

अहिलेसम्म गरिएको पूर्व सम्भाब्यता अध्ययनले यो परियोजनालाई सम्भव र सफल हुने देखाएको छ । जसका लागि आजै बुटवलमा कालीगण्डकी—तिनाउ डाइभर्सन वहुउद्वेश्यीय परियोजना कार्यालयको उद्घाटन यसका परिकल्पनाकार संघीय सरकारका उपप्रधान एवं अर्थमन्त्री, जलश्रोत तथा सिंचाइ मन्त्री विष्णुप्रसाद पौडेलले गर्नुभएको छ ।

कार्यालय उद्घाटन गर्दै मन्त्री पौडेलले कालिगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाई पु¥याउने तथा १२६ मेघावाट विद्युत निकाल्ने योजना रहेको वताउनु भयो ।

कालीगण्डकी–तिनाउ डाईभर्सन अब सपनाको विषय रहेन भन्दै यस आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइने छ भन्नुभयो । यसले लुम्बिनीका साथै मुलुककै मुहार बदल्ने तर्क गर्दै पौडेलले भन्नुभयो—’यो गेमचेन्जर प्रोजेक्ट हो ।’

यस आयोजनावाट रूपन्देही र कपिलवस्तुका १ लाख हेक्टर जमिनमा सिंचाइको सुविधा  पु¥याउनुका साथै १२६ मेगावाट विद्युत निकालिने छ । लुम्विनी प्रदेश सवैभन्दा कमजोर विद्युतीय योजनामा रहेको सन्दर्भमा यसवाट उत्पादन हुने विद्युतले ठूलो राहत दिने छ । यो परियोजना नेपालको सवैभन्दा ठूलो डाइभर्सन योजना हो ।

यो आयोजनाबाट २७ किलोमिटर सुरूङमार्फत करिब ९ मिटर चौडा सुरूङमार्गबाट ८२ घनलिटर प्रतिसेकेन्ड पानी तिनाउ नदीमा पु¥याउन सकिने विश्वास प्राविधिकहरूको छ । दोभानमा विशाल जलासय निर्माण गरे पछि केही भाग पानी तिनाउ नदीमा बगाइनेछ र ३ किलोमिटर लामो सुरूङमार्फत बुटवलको बेलवासमा अर्को विद्युत गृह निर्माण गरी जम्मा १२६ मेघावाट विद्युत उत्पादन गरिनेछ । त्यसरी बेलवास पुगेको पानीलाई नहर मार्फत कपिलवस्तुसम्म पुर्याएर सिंचाइका काममा प्रयोग गरिनेछ ।

सरकारले कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्य परियोजनाको विस्तृत अवधारणा बनाउन आर्थिक वर्ष २०७१÷७२ देखि हरेक वर्ष बजेटको व्यवस्था गर्दै आएको थियो ।

कालिगण्डकी–तिनाउ डाइभर्सन आयोजनालाई मुख्य आधार मान्दै यस अघिनै तिनाउ दानव करिडोर आयोजनाको काम अघि बढाईएको छ । यस अन्तर्गत् डाइभर्सनपछि तिनाउ नदीमा पानीको सतह स्वतः बढ्ने भएकोले दुवै नदीहरुको तटबन्ध सहित नदी किनारामा ब्यवस्थित सडक निर्माणको काम सम्पन्न हुनेछ ।

आयोजना प्रमुख संतोष कैनीका अनुसार एक वर्षभित्र परियोजनाको डिपीआर सम्पन्न हुनेछ । आगामी एक बर्षभित्र डिपिआरको काम सम्पन्न गरी अर्को वर्षदेखि निर्माणको काम थाल्ने गरी काम अघि बढाएको छ, आयोजना प्रमुख कैनीले भन्नभयो ।

राष्ट्रिय सिँचाई गुरुयोजनाका ११ वटा अन्तरजलाधार स्थानान्तरणका आयोजना मध्येको सवैभन्दा ठूलो र कमाण्ड क्षेत्र भएकोे कालिगण्डकी—तिनाउ डाईभर्सन परियोजना हो ।

सिँचाई विभागका अनुसार कालीगण्डकीबाट तिनाउमा अन्तरजलाधार स्थानान्तरण गरी विद्युत् निकाल्ने र ट्रेलकेस अर्थात् विद्युत् उत्पादनमा प्रयोग भई बगेको पानीलाई सिँचाईमा प्रयोग गरिने गरी परियोजनाको डीपीआर बन्नेछ ।

यसअघि काठमाडौंस्थित हाइड्रो कन्सल्ट जेभीले यो आयोजनाको पूर्व–सम्भाव्यता अध्ययन गरिसकेको छ । पूर्व–सम्भाव्यता अध्ययनले राम्दीखोलाको पुलभन्दा केही माथिबाट हेडबक्स बनाउनुपर्ने देखाएको छ ।

कतिपयले कालीगण्डकीमा पानीका श्रोत कम हुने देखेर यसको विरोध गरेको भएपनि रुकुमको उत्तरगंगाबाट ल्याइने पानीले त्यसको सोधभर्ना गर्न सकिनेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top