निषेधाज्ञा अझै खुकुलो,  जोरविजोरमा २५ सिटमाथिका गाडी चल्ने

राजनीति असार १४ 2078 ekhabarnepal
60d977aebebc7 nisedagaya

काठमाडौं, असार १४ गते ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो पार्दै सार्वजनिक यातायात जोरविजोरमा चलाउने निर्णय गरेको  छ। 
यसअनुसार मंगलबार अर्थात् भोलिदेखि २५ भन्दा धेरै सिटयुक्त सार्वजनिक यातायातका साधन जोरविजोरमा चल्न पाउने 
साथै बसमा सेनिटाइजर अनिवार्य राख्नुपर्नेछ भने सिटमा यात्रुको दूरी राख्नुपर्नेछ । आज बसेको बैठकले आर्थिक गतिविधि चलायमान हुने गरी निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको हो । 

यसैगरी बैंक, वित्तीय क्षेत्र, फेन्सी, भाँडा पसललगायत व्यवसाय समय तोकेर यस अघि खुलाउन दिइएको थियो ।किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्याँसका पसल बिहान खुल्दै आएका छन् । निजी सवारी साधनलाई जोर बिजोर प्रणालीमा चल्दै आएका छन् ।विस्तारै कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सबै क्षेत्र खुला हुनेछ ।
 खाद्यपसल ६ बजेदेखि दिनभर खुल्नेछ भने अन्य पसल ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाइनेछ।
यसअघि घोषित निषेधाज्ञाको अवधि आज राति १२ बजेबाट सकिँदैछ।
निषेधाज्ञाका कारण गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको छैन।
निजी सवारीसाधन भने अघिल्लो हप्तादेखि जोररविजोर प्रणालीमा चलाउन दिइएको छ।
यद्यपि निषेधाज्ञा भने एक हप्ताका लागि लम्ब्याइएको छ।


 

प्राप्त प्रतिकृयाहरू

To Top