एमाले कार्यदल बैठक निष्कर्ष उन्मुख,होटल मेरिएटमा ओली–नेपाल वार्ता,भोलिसम्म टुङ्गो लाग्ने 

राजनीति असार २३ 2078 ekhabarnepal
1

काठमाडौं, असार २३ गते । नेकपा एमाले कार्यदलको आज बसेको बैठक गम्भीर एवम् सकारात्मक रहेको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले बताउनुभएको छ । बैठकका लागि बिहान साढे ८ बजेदेखि तयारी भए पनि बैठक केही समय पछाडि सरेको छ, उहाँले भन्नुभयो । एमाले पार्टी एकताका लागि कार्यदलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग पनि भेट गरी आज साँझसम्म टुङ्गोमा पुर्याइने पनि नेम्वाङले बताउनुभएको छ ।
यसैवीच आज साँझ होटल मेरिएटमा ओली–नेपाल वार्ता सुरु भएको छ । यसअघि कार्यदलका सदस्यहरुले भेटाउन गरेको अनेक प्रयत्नका बाबजुद नेता नेपालले नमानेपछि दुई नेताहरुबीच भेट हुन सकेको थिएन। दिउँसो कार्यदलका सदस्यहरुका बीचमा भएको छलफलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच संवाद गराउन पहल गर्ने सहमति भएको थियो। यसअघि गत बैखाख ७ र ८ गते यी दुई नेताहरुबीच होटेल मेरियटमै छलफल भएको थियो।

 यसपश्चात् भोलिसम्म कार्यदलको बैठक औपचारिकरुपमै टुङ्गोमा पुग्ने नेता नेम्वाङले बताउनुभएको छ । समग्रमा एमाले कार्यदलको बैठक आशावादी रहेको उहाँको भनाइ छ ।  यसैबीच आजको कार्यदलको बैठक निष्कर्ष उन्मुख रहेको एमाले पार्टी प्रवक्ता एवम् कार्यदलका नेता प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ ।

एमाले पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित दश सदस्यीय कार्यदलको पार्टी एकताका सम्बन्धमा भोलि बिहीबारसम्म टुङ्गो लाग्ने पनि ज्ञवालीले बताउनुभएको छ । हामी भोलिसम्म टुङ्गोमा पु(याउने गरी बैठक बस्नेछौं ज्ञवालीले आजको बैठकबारे बताउदै भन्नुभएको छ । केही प्राविधिक समस्या नआए भोलिसम्ममा टुङ्गोमा पुग्छौं, उहाँले बैठकपछि पत्रकारहरूलाई भन्नुभयो ।  

प्राप्त प्रतिकृयाहरू

To Top