भारतमा ३६ करोड भन्दा बढी नागरिकलाई कोविड १९ खोप प्रदान

विश्व असार २४ 2078 ekhabarnepal
20210707 wsfl20210707101as

मंगलवार सम्ममा भारतमा ३६ करोड भन्दा बढी नागरिकलाई कोविड १९ खोप प्रदान गरिएको छ। बुधवार बिहान ७ बजेसम्म को अस्थायी रिपोर्ट अनुसार ४७ लाख ७ हजार ७ सय ७८ सत्र मार्फत कुल ३६ करोड १३ लाख २३ हजार ५ सय ४८ खोप खुराक प्रदान गरिएको छ।
गत २४ घण्टामा ३६ लाख ५ हजार ९ सय ९८ खोप खुराक प्रदान गरिएको छ।
देशव्यापी खोप अभियान को नँया चरण जूनको २१ तारिख देखि सुरु गरिएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार "केन्द सरकार देशव्यापी रूपमा हर नागरिकलाई निःशुल्क खोप प्रदान गर्न प्रतिबद्ध छ।"
गत २४ घण्टामा ४३ हजार ७ सय ३३ जना नँया संक्रमित विरामी थपिएका छन्।
लगातार दश दिन सो संख्या ५० हजार भन्दा कम दर्ता गरिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार "यी सबै केन्द्र सरकार, राज्य सरकार र केन्द्र शासित प्रदेश को संयुक्त प्रयासको नतिजा हो।"
देशको सक्रिय संक्रमित संख्या पनि घट्दो क्रममा छ। हाल देशको सक्रिय संक्रमित संख्या ४ लाख ५९ हजार ९ सय २० पुगेको छ।
गत २४ घण्टामा ४ हजार ४ सय ३७ ले घटेर सक्रिय संक्रमित संख्या देशको कुल सकारात्मक संख्या को जम्मा १.५० प्रतिशत पुगेको छ।
लगातार ५५ दिन दैनिक नँया संक्रमित विरामी भन्दा दैनिक निको हुने को संख्या बढी देखिएको छ। गत २४ घण्टामा ४७ हजार २ सय ४० जना संक्रमित निको भएका छन्।
गत २४ घण्टामा निको हुने को संख्या नँया संक्रमित विरामी भन्दा ३ हजार ५ सय ७ ले बढी देखिएको छ।
हालसम्म देशमा २ करोड ९७ लाख ९९ हजार ५ सय ३४ जना निको भइसकेका छन्। यसका साथै देशको कुल निको हुने दर ९७.१८ प्रतिशत पुगेको छ।
त्यस्तै देशमा गत २४ घण्टामा १९ लाख ७ हजार २ सय १६ वटा नमुना परीक्षण गरिएको छ। हालसम्म ४२ करोड ३३ लाख ३२ हजार ९७ वटा नमुना परीक्षण भइसकेका छन्।
त्यस्तै साप्ताहिक सकारात्मकता दर पनि घट्दो क्रममा छ।
साप्ताहिक सकारात्मकता दर हाल २.३९ प्रतिशत पुगेको छ भने दैनिक सकारात्मक दर २.२९ प्रतिशत पुगेको छ। लगातार १६ दिन सो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ भने एक महिना ५ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।
India News Network 
 

प्राप्त प्रतिकृयाहरू

To Top