एमाले कार्यदलमा एकताको सहमति,भोलिको बैठकले टुंग्याउने

राजनीति असार २५ 2078 ekhabarnepal
Karadal

 काठमाडौं,असार २५ । 
 नेकपा एमाले विवाद समाधान कार्यदलको ७ घन्टा लामो बैठकले पार्टीका दुई पक्षबीच सहमति गरेको छ ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको बैठकमा नेताहरुबीच सहमति भएको  एमाले सचिव प्रदीप ज्ञवालीले गरेका छन्।

बैठकपछि ज्ञवालीले सञ्चारकर्मीहरुसँग कार्यदलमा नेताहरु सहमतिमा पुगेको दाबी गरे। ‘केही भाषिक परिमार्जनका ससाना काम छन्, हामी भोलि फेरि बैठक बसेर मिलाउनेछौँ।’

शनिबार बस्ने कार्यदल बैठकले सहमतिलाई अन्तिम रुप दिने ज्ञवालीले जानकारी दिए।

 

प्राप्त प्रतिकृयाहरू

To Top