३२ लाख भेरोसेल खोप आउँदै 

स्वास्थ्य साउन २ 2078 ekhabarnepal
Health ministry of nepal notice

  काठमाडौं, साउन २ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ ।

ओली सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार ८ लाख डोज खोप आइसकेको छ भने साउन ६ गतेदेखि थप खोप आपूर्ति हुनेछ । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै भनेका छन्, हामी सबैले खोप लगाउन पाउने छौं ।’

प्राप्त प्रतिकृयाहरू

To Top