माधब नेपाल पक्षका सांसदहरुले देउवालाई मत दिने, देउवालाई विश्वासको मत दिनेहरु एमालेमा रहँदैनन्ः प्रवक्ता ज्ञवाली

राजनीति साउन ३ 2078 ekhabarnepal
Uml task force 1


काठमाडौँ, साउन ४
 नेकपा एमाले माधवकुमार नेपाल पक्षका एकता कार्यदलका पूर्वसदस्यहरु बाहेक अन्य सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निश्चित भएको छ।

यसका लागि उपचारका लागि दिल्ली रहनुभएका नेता झलनाथ खनाललेसमेत विज्ञप्ति निकालेर देउवालाई समर्थन रहेको सार्वजसनक गर्नुभएको छ । अनुकुल वातावरण वनेको अवस्थामा विश्वासको मत लिनुनै उचित ठानेर आजै सो प्रक्रिया अघि वढाइएको हो । 
 यद्यपि कार्यदलका चार जना पूर्वसदस्यहरुले पनि देउवालाई विश्वासको मत दिने पक्षमा रहेको वताइएको छ । 

 नेपाल पक्षका सांसदहरुको ललितपुरको एक होटल बसेको बैठकले संसद जोगाउन देउवालाई मत दिनु अनिवार्य भएको भन्दै त्यसमा सहमति जनाएका हुन्।

त्यसअघि कार्यदलका सवै पूर्वसदस्यहरुले नेपाललाई पार्टी एकतालाई प्राथमिकतामा राखेर निर्णय लिन आग्रह गरेका थिए। तर नेता नेपालले आफूले मत दिने निर्णय गरिसकेको सुनाउनु भएको थियो।

त्यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षीय नेता प्रदीप ज्ञवालीले देउवालाई विश्वासको मत दिनेहरु नेकपा एमालेमा रहन नसक्ने घोषणा गर्नुभएको थियो ।
च्यासलस्थित तुलसी प्रतिष्ठानमा भएको स्थायी कमिटी बैठकपछि उहाँले पार्टीको निर्देशन र हित बिपरीत देउवा सरकारलाई विश्वासको मत दिनेहरु पार्टीमा रहन नसक्ने घोषणा गर्नुभएको थियो।
पार्टीको संस्थागत निर्णय विपरीत गएर विश्वासको मतको पक्षमा मतदान गर्ने नेताहरु पार्टीमा रहनु हुने छैन’ ज्ञवालीले भन्नुभयो ।

आइतबार हुने संसदको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी छ। एमालेको नेता नेपाल पक्षका सांसदहरुले पक्षमा मत दिने भएपछि देउवाले विश्वासको मत लिने तयारी गरेका हुन्।

आफूहरुले पार्टी एकता जोगाउनका लागि प्रयास गरिरहेको र आइतबार बिहान पनि नेता नेपालसँग सोही प्रयोजनका लागि भेटवार्ता भएको ज्ञवालीले बताउनुभयो । 
 नेता नेपाल भने पार्टी एकताको पक्षमा नदेखिएको स्पष्ट गर्नुभएको थियो । यही तर्फ संकेत गर्दै लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले तीन महिनाको मेहनत खेर गएको विचार सामाजिक सञ्जनलमार्फत सनर्वजनिक गर्नुभएको थियो । 
 

प्राप्त प्रतिकृयाहरू

To Top