ओलीको घोषणा : बाटो बिराएका सबैलाई ‘आममाफी’

राजनीति साउन ७ 2078 ekhabarnepal
Pm oli

काठमाडौं ,साउन ७ गते :
 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आममाफी दिने घोषणा गरेका छन्। 

पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बाटो बिराएका सबैलाई आममाफी दिने बताएका हुन्। 

‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टी इज ग्रान्टेड (आममाफी दिइएको छ)।’

उनले सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्। 

‘आज पुष्पलाललाई सम्झिएर म भन्न चाहन्छु, आउनुहोस् मिलेर काम गरौं, आन्दोलनलाई सफल पारौँ, एकजुट भएर जाऔं।’ ओलीले भने, ‘पद र स्वार्थका कुरा छोडौं, देश र जनताका समस्याका कुरा गरौं, हाम्रो बिजय यात्रालाई कसैले पनि रोक्न सक्दैन।’

यद्यपी कम्युनिष्ट आन्दोलन र पार्टीले आफ्नै कारणले ठूलो क्षति ब्यहोरेको उनको भनाइ छ। ‘तै पनि म भन्न चाहन्छु फेरि एकजुट भएर अगाडि बढौं।’ उनले भने । 
झण्डै एक घण्टा लामो सम्बोधन गरेका ओलीले एमालेलाई कसैले रोक्न नसक्ने बताए । पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको भन्दै उनले भने, ‘यो कर्कलोको पातको पानी होइन, कसैले हल्लाउँदैमा भुँइमा खस्छ ।’

निवर्तमान प्रधानमन्त्री  ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न दुनियाँ लाग्दा पनि खुट्टा समेत हल्लाउन नसकेपछि अदालतको परमादेशबाट हराइएको बताए । त्यसका बाबजुद एमाले स्थानीय तह, प्रदेश र संघीय संसदमा प्रमुख शक्ति रहेको भन्दै उनले भने, ‘देशको प्रमुख राजनीतिक शक्ति हो, लोकतान्त्रिक आन्दोलनको प्रमुख राजनीतिक धार हो ।’

प्राप्त प्रतिकृयाहरू

To Top