कोभिड महामारीले बच्चाहरूको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ: चिकित्सा विशेषज्ञ

राजनीति साउन ८ 2078 ekhabarnepal
5e92ff0d5dafd 1

लेडी हार्डिंग मेडिकल कलेजका बाल रोग विभागका निर्देशक डा. प्रवीण कुमारले भने, "कोरोनाभाइरस महामारीले बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।"

"महामारीले बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर प्रभाव पार्न सक्छ। उनीहरू एक बर्ष भन्दा बढी समयको लागि घरमा बस्न बाध्य भए। यसबाहेक, परिवारमा बिरामी पर्ने, आमाबाबुको‌ रोजगारी समस्या जस्ता तनावले बालबालिकालाई‌ सताएको छ। बच्चाहरू आ-आफ्नै तरिकामा आफ्नो दुःख व्यक्त गर्छन्। कोही बच्चा चुपचाप बस्दछ भने कोही बढी रिसाहा हुनजान्छ।"

कुमारले यस्तो स्थितिमा परिवारले मुख्य भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो। " परिवारले धैर्य धारण गर्नुपर्छ र बच्चाहरुको भावना बुझ्नु पर्छ।साना बच्चाहरूमा तनावका संकेतहरू खोज्नुहोस्। जस्तै अत्यधिक चिन्ता वा उदासी, अस्वस्थ खानपान वा अस्वस्थ सुत्ने बानी, र ध्यान र एकाग्रतामा कठिनाई। परिवारले बच्चालाई तनावको सामना गर्न र चिन्ता कम गर्न सहयोग गर्नुपर्दछ।"

यद्यपि भविष्यमा महामारी को अर्को लहरले बालबालिकालाई बढी असर गर्छ वा बढी गम्भिरता का साथ प्रभाव पार्छ त्यसमा‌ केवल अनुमान मात्रै गर्न सकिन्छ। उनले भने, " मानिसहरु महामारी को अर्को लहरले बालबालिकालाई बढी प्रभावित गर्ने अनुमान लगाइरहेका छन्। किनभने प्रायः वयस्क व्यक्तिले त्यतिबेला सम्म खोप लगाइसकेका हुनेछन्। जबकि बच्चाहरुको लागी कुनै खोप विकसित भएको छैन।'

"भविष्यमा भाइरसले कस्तो प्रकारले प्रभाव देखाउँछ, हामीलाई थाहा छैन। तर हामीले हाम्रा बच्चाहरूलाई संक्रमणबाट बचाउनु पर्छ। घरका वयस्कहरूले कोविड १९ उचित व्यवहार अनुसरण गर्नुपर्छ, र संक्रमण को संभावना कम गर्न को लागी उनीहरूको सामाजिक संलग्नता कम गर्नुपर्छ। यसबाहेक, सबै वयस्कहरूले खोप लिनु पर्छ, जसले बच्चाहरूलाई ठूलो हदसम्म सुरक्षा प्रदान गर्नेछ।"

यसबाहेक गर्भवती महिला र स्तनपान गराउने आमाहरूका लागि उपलब्ध खोपले भ्रूण र नवजात शिशुलाई घातक संक्रमणबाट केही हदसम्म सुरक्षा प्रदान गर्ने छ।

बच्चाहरूमा महामारी को दोस्रो लहरको प्रभाव बारे बोल्दै उनले भने कि दोस्रो लहर ले बालबालिका माथि पनि उत्तिकै प्रभाव पारेको छ। " कोविड १९ एक नयाँ भाइरस हो र यसले सबै उमेर समूहहरूलाई असर गर्छ किनभने हामीसँग यस भाइरस विरुद्ध प्राकृतिक प्रतिरोधात्मक क्षमता छैन। एनसीडीसी / आईडीएसपी का अनुसार २० वर्ष भन्दा कम उमेर समूहका संक्रमित विरामी ले बढी संक्रमण फैलाएका छन्।"

कुमारका अनुसार हालका सर्वेक्षणहरूले बच्चाहरू र वयस्कहरूमा उही किसिमका सकरात्मक रिपोर्ट देखाएका छन्। यद्यपि दोस्रो लहरमा प्रभावित व्यक्तिहरूको ठूलो संख्याका कारण संक्रमित बच्चाहरूको संख्या पनि पहिलो लहरको तुलनामा बढी देखिएको छ। अहिलेसम्म, वयस्कहरूको तुलनामा बच्चाहरूको मृत्यु दर कम छ।

मल्टीसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोममा उनले भने कि एमआईएस एउटा नयाँ सिन्ड्रोम हो जुन बच्चाहरू र किशोर-किशोरीहरूमा देखिन्छ।‌‌ प्रायः १९ वर्ष सम्मका बालबालिका मा‌ यो रोग देखिएको छ। प्रायः संक्रमण भएको २-६ हप्ता पछि यो रोग देखिएको छ।

"तीन प्रकारका लक्षणको वर्णन गरिएका छन्: सुन्निनु र लगातार ज्वरो आउनु, कावासाकि रोगको जस्तो लक्षण जस्तो शक, इनोट्रोपिक आवश्यकता का साथ एलभी शिथिलता। एमआईएस-सी पत्ता लगाउन उन्नत अनुसन्धान आवश्यक छ। एचडीयु र आईसीयू जस्ता सुविधा भएको अत्याधुनिक अस्पताल मा यस रोगको उपचार गरिनुपर्छ। चाँडै पत्ता लागेमा यस रोगको उपचार सम्भव छ।'
India News Network 
 

प्राप्त प्रतिकृयाहरू

To Top