रगतको खोलो बग्ने अवस्था नदिन देश छोड्ने निर्णय लिएँः राष्ट्रपति अशरफ ग़नी

विश्व साउन ३२ 2078 ekhabarnepal
2

देश छोडेर गएका अफगान राष्ट्रपति अशरफ ग़नी । 

तालिबानको कब्जामा अफगानिस्तान, चाहन्छ पूर्ण शक्तिसहितको सत्ता
देश छोडेर भागेका अफगानिस्तानका राष्ट्रपति अशरफ ग़नीले तालिबानले विजय प्राप्त गरेको बताएका छन् ।

उनी आइतबार काबुलबाट भागेर छिमेकी देश उज्वेकिस्तानमा शरण लिन पुगेको बताइन्छ । देश छोडेपछिको पहिलो वक्तव्यमा रक्तपात रोक्नका लागि आफूले देश छाडेको दाबी गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको वक्तव्यमा भनेका छन्, ‘मैले आज (आइतबार) निकै कठिन निर्णय लिएँ । मैले तालिबानको सामना गर्ने वा मेरो प्रिय देश छोड्ने विकल्प रोज्नु पर्ने थियो । तालिबान मलाई हटाउन आएका थिए । उनीहरु त्यहाँ सबै काबुल र त्यहाँका बासिन्दामाथि आक्रमणका लागि आएका थिए । रगतको खोलो बग्ने अवस्था आउन नदिनका लागि मैले देश छोड्नु उपयुक्त ठानेँ ।’
तालिबानले भाला र बन्दुकको बलमा जित हाँसिल गरेको भन्दै घानीले देशबासी, उनीहरुको सम्मान, सम्पति र आत्मसम्मानको रक्षा गर्नु अब तालिबानको जिम्मा रहेको उल्लेख गरेका छन् । तालिबानले मनमा भने वैधानिकता नपाएको उनले दाबी गरेका छन् ।

उनले लेखेका छन्, ‘तालिबानले अब नयाँ ऐतिहासिक परीक्षाको सामना गर्ने छन् । कि उनीहरुले देश र देशबासीको नाम र सम्मानको रक्षा गर्ने छन् कि अरु क्षेत्र वा नेटवर्कलाई प्राथमिकता दिने छन् ।’

धेरैमा तालिबानलाई लिएर विश्वास नरहेको अवस्थामा सबै पक्ष, सहयोग, क्षेत्र र विशेष गरि महिलाहरुको विश्वास प्राप्त गर्नु तालिबानको चुनौति रहेको घानीले वक्तव्यमा उल्लेख गरेका छन् ।

तालिबानले देशका लागि आफ्नो स्पष्ट योजना बनाएर त्यो नागरिकसँग साझा गर्नु पर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘मैले जहिले पनि मेरो देशको सेवा गर्ने छु । देशको विकासको योजनामा मेरो साथ रहने छ । भविष्यमा धेरै कुराहरु गर्न बाँकी छ ।’

प्राप्त प्रतिकृयाहरू

To Top